logo

बीरगंजमा समुदाय स्तरमा कोरोना भाइरसको परिक्षण शुरु पहिलो दिन ३ सय ७१ जनाको स्वाब संकलन

      7/26/2020 गते 00 00 मा प्रकाशित     1046   पटक पढिएको

बीरगन्ज महानगरपालिका भित्र समुदाय स्तरमा कोरोना परिक्षणको लागि स्वाव संकलनको काम आजबाट शुरु भएको छ । बीरगंज महानगरपालिकाको वडा नं ९ बाट यो काम शुरु गरिएको हो ।

 

वडा नं ९ मा रहेको रेल्वे माविमा स्वाब संकलनको काम भएको हो ।स्वाब संकलन भन्दा अघि महानगरका कर्मचारीले रेल्वे स्कूललाई डीसइन्फेक्टेड गरेका थिए ।

 

आज २ सय ९ जनाको स्वाब संकलन गरिएको छ ।  स्वाब संकलन कार्यको बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले अवलोकन गर्नु भएको थियो । 


जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको शुक्रवार सम्पन्न बैठकको निर्णय अनुसार वीरगन्ज महानगरपालिकाको संयोजकत्वमा स्वाब संकलनको काम शुरु भएको हो । 


स्वाब संकलन केन्द्रमा संचारकर्मीसंग कुरा गर्दै महानगर प्रमुख बिजय सरावगीले महानगरका नागरिकको जीवन रक्षाकालागि महानगरले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।


परिक्षणकालागि नारायणी अस्पताललाई सबै आवश्यक सामाग्री उपलब्ध गराएको उहाँले बताउनु भयो । उहाँले नारायणी अस्पताल र स्थानीय प्रशासनसंगको सहकार्य ठिक र सुमधुर रहेको बताउनु भयो ।

 

उहाँले स्थानीय सरकार र रुथानीय प्शासनवीच सम्बन्ध बिगार्ने र समन्वय हुन नदिने तत्व सदैब लागि रहेको चर्चा गर्दै उनीहरुलाई जनताले नै जवाफ दिने बताउनु भयो । उहाँले अहिलेको निषेधाज्ञालाई परिक्षणकोलागि उपयोग गर्ने र परिक्षण तिब्र बनाइने बताउनु भयो । बीरगंजमा ४० हजार घरधुरीमा परिक्षण पुर्याउने बताउनु भयो ।


यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन समिति पर्साको नेतृत्वमा माईस्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको स्वाब सङ्कलन गरिएको छ गहवामाई मन्दिरअगाडि २ सय १० जनाको स्वाब नमूना सङ्कलन गरिएको समितिका सदस्य सचिव जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो  । त्यसैगरि राधेमाईमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८ जनाको स्वाब संकलन गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.