logo

चिकित्सक सहित चार स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि,९३ जना संक्रमीत घरमै

      7/29/2020 गते 00 00 मा प्रकाशित     871   पटक पढिएको


वीरगञ्जमा बुधवार गरिएको परिक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी  सहित  १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 बुधवार साँझ आएको परिक्षणको नतिजा अनुसार नारायणी अस्पतालम कार्यरत चार जना स्वास्थ्यकर्मी पनि संक्रमीत भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिनु भयो 


नारायणी अस्पतालका १ जना डाक्टर , २ जना नर्स र १ जना अहेब गरि ४ जना स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको हो ।

 

 त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४ जना , वडा नम्बर १२ का ३ जना , वडा नम्बर ५ का २ जना , वडा नम्बर ४ का १ जना , वडा नम्बर ३ का १ जना , पर्साकै छिपहरमाई गाउपालिका २ टिहुकीका १ जना र नारायणी अस्पतालकै संक्रमति कर्मचारीकी १ जना छोरीमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको डा. उपाध्यायले जानकारी दिनु भयो  ।

 


संक्रमीतहरुलाई होम आइसोलेशनमा राख्ने तयारी भइरहेको छ । बीरगंज महानगरपालिकाको ब्यवस्थापनमा संचालनमा रहेको गण्डक कोभिड अस्पतालमा ६१ जना संक्रमीतहरुको उपचार भइरहेको छ ।

 

त्यहा अन्य बिरामी राख्ने शैय्या छैन । पर्सामा  ९३ जना कोरोना भाइरसका संक्रमीतहरुलाई घरमै राखिएको छ। 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.