logo

पर्सामा प्रहरी हिरासतमा रहेका ४३ जना थुनुवा,पाँच चिकित्सक सहित १ सय ४१ जना संक्रमीत थपिए

      8/7/2020 गते 00 00 मा प्रकाशित     1102   पटक पढिएको

पर्सामा १ सय ४१ जनामा कोरोना भाइरसको सक्रमण भएको पुष्टि भएको छ । नारायणी अस्पतालमा रहेको प्रयोगशालाको पिसीआर परिक्षण रिपोर्ट अनुसार १ सय ४१ जना संक्रमीत थपिएका हुन । 

 


संक्रमीतमा ४३ जना बिभिन्न अभियोग लागेर अनुसन्धानकोलागि प्रहरीको हिरासतमा रहेकाहरु छन । नियमित चेकजाँचको क्रममा स्वाब परिक्षण गराइएको जिल्ला प्रहरी प्रमुख गंगा पन्ताले जानकारी दिनु भयो ।

 

अदालत पेश गर्नु पर्दा कोरोना परिक्षण अनिवार्य रहेको छ । संक्रमीतहरुलाई उचित ब्यवस्थापन गरिने प्रहरी उपरिक्षक पंतले बताउनु भयो । एक जना प्रहरीमा संक्रमण देखिएकोमा उहाँलाई होम आइसोलेशनमा राखिएको पंतले जानकारी दिनु भयो ।

 

हिरासतमा रहेकाहरु मध्य  केहीलाई अस्पतालमा र लक्षण नदेखिएकाहरुलाई आइसोलेशनमा राखिने उहाँले बताउनु भयो । 
वीरगंजको नारायणी अस्पतालको पिसिआर ल्याबले गरेको स्वाब परिक्षणमा आज २१ महिला सहित १ सय ४१ जना संक्रमित थपिएको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी गराउनु भएको छ ।


बयोधा अस्पतालमा कार्यरत पाँच  चिकित्सक, स्वास्थ्यकर्मी सहित १२ जना संक्रमीत भएका छन । बीरगंज महानगरपालिकाको श्रीसियाबाट २२ जना संक्रमित थपिएका छन् ।

 

पर्सागढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वीरगंज महानगरको वडा नम्बर १० आदर्शनगर र अशोक बाटिकाका ६ महिला सहति गरी ११ जना, चिनीमिलका  २ महिला सहित ४ जना, वीरगंज ११ का २ जना यसैगरी वीरगंज महानगरपालिकाको वडा १३ तेजारथ टोल, मुर्लि १२, भिष्वा १५, घडिअर्वा १०, पिपरा, गण्डक लगायतको स्थानका एक एक जना संक्रमित थपिएका छन् ।
  

तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहट जिल्लाका ४ जना रहेका छन् ।
नयाँ थपिएका  संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १२० जना पुरुष रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.