logo

मृत्युपश्चातको परिक्षणमा लामामा कोरोना भाइरसको संक्रमण पुष्टि

      8/9/2020 गते 00 00 मा प्रकाशित     1528   पटक पढिएको

बीरगंजमा उपचार नपाएर ज्यान गुमाउनु परेको २० वर्षिया महिलामा मृत्यु पश्चात गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

 

बीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षिय बिष्णु लामालाई उपचारकालागि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा २४ गते बिहान सवा २ बजे ज्यान गएको थियो । 

नारयाणी अस्पतालमा रहेको प्रयोगशालाको परिक्षण रिर्पोट अनुसार उहाँमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनु भयो । 

उहाँलाई २१ गते देखी ज्वोरो आइरहेको थियो छिमेकी समेत रहनु भएका  अजित भूजेलले भन्नु भयो । ज्वारोको सामान्य औषधी घरमै ल्याएर खाएपछि ठिक पनि भयो  तर २३ गते राती १० बजे समस्या भयो भनेपछि अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरिदिएनन । 

 
ति महिलालाई  पहिला बीरगंजको  एडभान्स अस्पताल , तराई अस्पताल , भवानी अस्पताल , वयोधा अस्पताल , नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले  भर्ना गरेर उपचार गर्न मानेन ।

 

 अन्तिममा सरकारको मातहत रहेको नारायणी  अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड   बिरगंज हेल्थ केयरमा समेत उपचार भएन ।  अर्को कोभिड अस्पताल गण्डकमा लगेर इमरजेन्सीमा लग्दै गर्दा लामाको निधन भइसकेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.