logo

श्वासप्रश्वासमा समस्या भएपछि मेयर यादवलाई काठमाण्डौ लगियो

      8/10/2020 गते 00 00 मा प्रकाशित     1163   पटक पढिएको

पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवलाई थप उपचारकोलागि काठमाण्डौ लगिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई साउन २३ गते अस्पताल भर्ना गरिएको थियो । 

श्वासप्रश्वासमा  समस्या रुगाखोकी र ज्वरो पनि आएपछि नगरप्रमुख यादवलाई २३ गते दिउँसो वीरगञ्जस्थित तराई हस्पिटलमा भर्ना गरिएको थियो । यादवलाई गम्भीर किसिमको निमोनियाको लक्षण देखिएको तराई अस्पतालले जनाएको थियो ।

 

अस्पतालमा उपचारकै क्रममा उहाँको थ्रोट स्वाबको पिसीआर परिक्षण भएको थियो । रिपोर्ट नेगेटिभ आएको थियो । स्वास्थ्यमा खासै सुधार नभएपनि हेलिकप्टर चार्टर गरेर यादवलाई काठमाण्डौ मेडिसीटी अस्पतालमा लगिएको छ । 

 


मेयर यादवलाई श्वास फेर्न समस्या भएको छ । शारीरीक रुपमा कमजोरी पनि महशुस गर्नुभएको यादवको पारिवारिक स्रा्तले जनाएको छ । अस्पतालका संचालक रोशन कुर्मीले समेत मेयर यादवको फोक्सोमा संक्रमण देखिएको बताउनु भएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.