logo

युवा नेता गुप्तामा कोरोना पोजेटिभ, मेरो स्वास्थमा कुनै समस्या छैन म सामान्य छु 

      8/14/2020 गते 00 00 मा प्रकाशित     859   पटक पढिएको

अनेरास्ववियुका केन्द्रीय सदस्य एवं नेकपा पर्साका सदस्य युवा नेता प्रभाकर गुप्तामा कोरोना संक्रमण पुष्टि भएको छ । 


नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले शुक्रवार सार्वजनिक गरेको कोरोना सङ्क्रमितहरुको पछिल्लो नामावालीमा नेता गुप्ताको पनि नाम रहेको छ । 

युवा नेता गुप्ताले कोरोना भाइरसको संक्रमण जाँच गर्नकालागि साउन २६ गते थ्रोत स्वाब दिएका थिए । उहाँले एक जना कोरोना संक्रमीतको सम्पर्कमा आएकोले परिक्षणकोलागि स्वाब दिएको बताउनु भयो  ।  

 

गुप्ता अहिले वीरगञ्ज महानगरपालिका वडा नं १० घडिअर्वास्थित आफ्नो घरमा होम आइसोलेसनमा हुनुहुन्छ । चिकित्सकको सल्लाह अनुसार आफू होम आइसोलेशनमा रहेको उहाँले जानकारी दिनु भयो ।

 

मेरो स्वास्थ्य अवस्था सामान्य नै छ उहाँले भन्नु भयो कोरोनाको कुनै पनि खालको लक्षण ममा छैन र मलाई कुनै अप्ठयारो पनि महशुस भएको छैन   । 


‘म स्वस्थ छु, कुनै लक्षण छैन । सङ्क्रमितको सम्पर्कमा आएदेखि मैले आफुलाई आइसोलेट गरेको थिए,’ नेता गुप्ताले भन्नु भयो , ‘चिकित्सक संग कुरा गरेको छु, उहाँहरुले मलाई लक्षण नदेखिएको कारण होम आइसोलेसनमा बस्न सल्लहा दिनु भएको छ  म त्यही गर्दै छु ।’


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.