logo

एक जनाको कन्टायक्ट  ट्रेसिङ्गमा १२ जनामा संक्रमण पुष्टि,बारा पर्सामा ४७ जना थपिए

      8/16/2020 गते 00 00 मा प्रकाशित     911   पटक पढिएको


वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पत्रकार सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 नारायणी अस्पतालका डाक्टर निरज सिंहले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ८ वर्षको बालक देखि ७० वर्षकी बृद्ध महिला रहेका छन् ।


 बारा जिल्लाका २ जना र पर्सा जिल्लाका ४५ जना सहित थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्ज महानगरपालिकास्थित रहेको नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी रहेका छन् ।

 एभिन्युज टिभीका पर्सा सम्वाददाता, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालको ३ जना कर्मचारी, नारायणी अस्पतालको आइसियुमा अपचारार्थ २२ बर्षका १ जना पुरुष र ४२ बर्षका १ जना मृगौला रोगीमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डाक्टर सिंहले बताउनुभयो । त्यसैगरी  वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेका छन् ।

 

पर्साको पोखरिया नगरपालिकामा एक जना चिक्तिसकको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ । पोखरिया अस्पतालमा कार्यरत एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङ गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो ।

 भने पर्सा जिल्लाको पोखरिया नगरपालिकाका विभिन्न वडाका १२ जना रहेका छन् । पर्सा जिल्लाको बहुदरमाइ नगरपालिका वडा नम्बर ९ भौराटारका २३ बर्षका १ जना पुरुष रहेका छन् ।

 

त्यसैगरी बारा जिल्ला महागढीमाई वडा नम्बर ५ कबहीका ४० बर्षीय १ जना पुरुष र बारा जिल्ला कलैया वडा नम्बर १ का ६० बर्षीय पुरुष रहेको  डाक्टर सिंहले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.