logo

पर्सामा मेयर ,चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सहित थप ९२ जना संक्रमीत

      8/17/2020 गते 00 00 मा प्रकाशित     811   पटक पढिएको

पोखरिया नगरपालिकाका प्रमुख ,जिल्ला अस्पतालका पोखरियाका मेडिकल सुपरिटेण्डेण्ट ,जगरनाथपुर गाउँपालिकाका अध्यक्षका परिवारका सदस्य सहित ९२ जनामा कोराना संक्रमणको पुष्टि भएको छ ।  

 

 पर्साको बीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिनु भयो  ।

    
नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि गत साउन २७ गते एघार सयभन्दा बढी स्वाब परिक्षणको लागि काठमाडौं पठाइएको थियो । विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि धुलीखेलमा रहेको प्रयोशालाबाट आईतबार साँझ रिपोट प्राप्त भएको हो ।


बीरगन्ज महानगरपालिकाका ३८ जनामा संक्रमणको पुष्टि भएको छ । त्यस्तैपोखरियाका नगरपालिकाका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

 

पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुनेमा वडाध्यक्ष र एक जना पत्रकार पनि छन् । 

 

त्यस्तै, जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जगरनाथपुरगाउँपालिकाका अध्यक्ष जलिम मियाको परिवारका केही सदस्यमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ ।  

 

उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो ।यसैगरी, सखुवाप्रसौनीमा एक जना वडाध्यक्ष र ४ जना स्वासथ्यकर्मी संक्रमीत भएका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.