logo

बिभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न १ सय ७४ जनाद्वारा रक्तदान

      8/29/2020 गते 00 00 मा प्रकाशित     689   पटक पढिएको

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ लखनपुरमा १ महिला सहित १७ जनाले रक्तदान गरेका छन । 

 


श्री राम युवा क्लब लखनपुरको आयोजनामा भएको कार्यक्रममा  अजित साह, वीरेन्द्र साह, शेसनाथ साह, श्याम राउत कम्कर, तेजनारायन कुमार, राजन साह, अमृता देबि, हाकिम मिया, सन्दिप साह, सुरेन्द साह, साहेब साह लगायतले रक्तदान गरेका हुन । 
 
आयोजक क्लबका सचिव रोशन कुमार साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा र स्थानिय समाजसेवी हरिन्द्र साह तेली नेकपाका युवा नेता जसवन्त यादव, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जिल्ला बाल क्लब कोर्डिनेसन नेटवर्क पर्साका अध्यक्ष  अर्जुन साह तेली लगायतको उपस्थिती रहेको थियो ।
 
कोभिड १९ महामारीको कारण ब्लड बैंकमा रगतको चरम अभावले गर्दा आकास्मिक खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
 
यस अघि पनि लखनपुरमा गत शनिबार भएको कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए । यता बाराका 

 बाराको प्रसौनी गाउँपालिकाको वडा नं. ४ खुटुवास्थित जब्दी बथानी चौकमाआयोजना गरिएको आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा  १ महिलासहित एक सय ५७ जनाले रक्तदान गरेका छन् । 

न्यू स्टार नेशनल यूवा क्लबको सहकार्यमा भएको कार्यक्रममा समिता देवी, सलमान खान, सगीर हवारी, शनी साह, दिपक गुप्ता, निकु गुप्ता, राधेश्याम गुप्ता, प्रमोद साह, मनजित गुप्ता, महान्नद साह, सुनिल साह लगायतले रक्तदान गरेका छन् ।

न्यू स्टार नेशनल यूवा क्लबका अध्यक्ष शुभाष गु्प्ताको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले गर्नु भएको थियो ।

सो कार्यक्रममा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष गिता साह, वडाध्यक्ष आन्नद कुमार गुप्ता, बैजु गुप्ता, सुरेश गुप्ता, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.