logo

बीरगंजमा रौतहटका अर्का युवाको कोरोनाका कारण ज्यान गयो

      8/30/2020 गते 00 00 मा प्रकाशित     745   पटक पढिएको

वीरगञ्जमा आइतबार  बिहान कोरोना सङ्क्रमणबाट रौतहटका अर्का युवकको पनि  मृत्यु भएको छ । शनिबारपनि रौतहटका एक युवकको वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

सङ्क्रमणबाट मृत्यु मृत्यु हुनेमा रौतहट जिल्लाको राजपूर तुल्सीपूरका एक ४० वर्षीय पुरुष रहेका छन् ।

नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा हस्पिटलमा कोरोना सङ्क्रमित भइ उपचार गराइरहेका उनको आज बिहान साढे ७ बजेको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनु भयो ।


भदौ १२ गते उनलाई उपचारकोलागि भर्ना गरिएको थियो । संघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । मधुमेहका बिरामी र  गम्भिर खालको निमोनीयाले पीडित उनको उपचारको क्रममा मृत्यु भएको  प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिनु भयो  ।

योसँगै वीरगञ्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।  पर्साका ३६ जना, बाराका १० जना र रौतहटका ३ जना रहेका छन् । एक जनाको पहिचान खुलेको छैन ।

 

शनिवार मात्रै पनि  रौतहट गम्हरिया ३ का ३० वर्षीय पुरुषको मृत्यु भएको थियो  । उनको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा शनिवार साँझ ७ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताउनु भयो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनको उपचार गर्न नारायणी अस्पतालमा भदौ ११ गते भर्ना गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.