logo

बीरगंजमा कोरोना जीतेर ३७ जना घर फर्किए 

      8/30/2020 गते 00 00 मा प्रकाशित     664   पटक पढिएको

कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर वीरगञ्जमा ३७ जना आइतवार  आज साँझ डिस्चार्ज भएका छन्  ।

वीरगञ्जमा सञ्चालित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयर, सामुदायीक आईशोलेशन सेन्टर र होम आइसोलेशनमा रहेका संक्रमित मध्ये ३७ जनाले कोरोना जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

 


३७ जना एकसाथ कोरोना जितेर घर फर्किए सँगै पर्सामा कोरोना संक्रमण मुक्त भई घर फर्किनेको संख्या ६ सय ८४ पुगेको छ ।

 

आज कोरोना निकोभई घर फर्किनेमा गण्डक अस्पतालबाट ३ जना पुरुष, वीरगञ्ज हेल्थकेयरबाट ८ जना पुरुष ३ जना महिला होटल विजय ज्योति वीरगञ्ज होटल सेमिआइसोलेसनबाट १ जना, पोखरिया नगरपालीकामा होम आइसोलेसनबाट २५ जना रहेका छन् ।

 

आज साँझ जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रेस नोटमा वीरगञ्जको २ वटा कोभिड अस्पतालमा ९८ जना सहित होम आईसोलेशनमा ९ सय ८४ जना संक्रमित रहेको जनाईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.