logo

मध्य तराईका बारा पर्सा रौतहटमा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

      9/3/2020 गते 00 00 मा प्रकाशित     790   पटक पढिएको

मध्य तराईका बारा पर्सा रौतहटमा थप १ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 
वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 


३० महिलासहित थपिएका सङ्क्रमितहरुमा डेढ वर्षको बालकदेखि ८० वर्षको वृद्धसम्म रहेको नारायणी अस्पतालका प्रवक्ता  डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिनु भयो  ।


नारायणी अस्पतालको पिसिआर प्रयोशालामा पर्सा, बारा र रौतहट जिल्लाको विभिन्न स्थानबाट ल्याइएको ५ सय ७६ वटा थ्रोट स्वाबको नमुनाहरु परिक्षण गर्दा थप १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

थपिएका सङ्क्रमित मध्ये पर्साका ६९ जना  रहेका छन्  । पर्सामा बीरगंज महानगरपालिका भित्रका ४९ जना छन । त्यसैगरी पर्सागढी नगरपालिकाको वडा नम्बर ४ र ७ गरेर सात जना, बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ र ५ गरेर पाँच जना, पोखरिया नगरपालिकाको वडा नम्बर ४ र १० गरेर चार जना र कालिकामाई गाउँपालिकाको वडा नम्बरको २ को चार जना रहेका छन् । २४ जना बारा जिल्ला र १७ जना रौतहट जिल्लाका हेका छन् ।

त्यस्तै बारा जिल्लामा थपिएका सम्पूर्ण सङ्क्रमितहरु कलैया उपमहानगरपालिकाको विभिन्न वडाका बासिन्दा हुन् । त्यसैगरी रौतहटको यमुनामाई गाउँपालिकाको वडा नम्बर ३ का १७ जना सङ्क्रमित थपिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.