logo

प्लाज्मा थेरापीकालागि ‘प्लाज्मा दान’ गम्भिर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गरिने

      9/3/2020 गते 00 00 मा प्रकाशित     998   पटक पढिएको

वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका ब्यक्तिहरुले ‘प्लाज्मा दान’ गरेका छन ।  कोरोना भाइरसको संक्रमणमा परेका ब्यक्तिलाई प्लाज्मा थेरापीका लागि ‘प्लाज्माको आवश्यकता पर्छ त्यही आवश्यकता पूर्तीकालागि बीरगंजमा प्लाज्मा दान गरिएको हो । 


‘प्लाज्मा दान गरौं, कोरोना संक्रमितको ज्यान बचाऔं’ भन्ने नाराका साथ आयोजित प्लाज्मा दान कार्यक्रमा कोरोना संक्रमण निको भएका ५ जनाले प्लाज्मा दान गरेको डा. उदयनारायण सिंहले बताउनु भयो ।

 

नागरिक सरोकार समाज वीरगञ्ज, नारायणी अस्पताल प्लाज्मा थेरापी स्टडी ग्रुपको आयोजना भएको कार्यक्रममा वडाध्यक्ष जगत साह कानु, पत्रकार सुरेश विडारी, डाक्टर प्रहलाद अधिकारी, प्रवेश ढंगेल र खसीकान्त चौधरीले प्लाज्मा दान गर्नु भएको हो  ।

दान गरिएको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा बैंक’मा सुरक्षित राख्ने र आवश्यक पर्दा संक्रमितलाई चढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डा. सिंहले बताउनु भयो। 


गम्भिर अवस्थाका संक्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने हुँदा जरुरी पर्दा दाता खोजेर प्लाज्मा निकाल्न समय लाग्ने भएकोले ‘प्लाज्मा बैंक’ स्थापना गरिएको डा. सिंहको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय द्विदी, चिकित्सक संघ नारायणी, वीरगंजका अध्यक्ष डा.अरुण सिंह, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुर, रेडक्रस पर्सा शाखाका मन्त्री शैलेन्द्र चौधरी, समाजिक अभियान्ता प्रकाश थारु लगायतको उपस्थिति  रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.