logo

नारायणी अस्पतालमा रिएजेन्ट किट अभाव, कोरोना भाइरसको संक्रमणको परिक्षण रोकियो

      9/22/2020 गते 00 00 मा प्रकाशित     819   पटक पढिएको

बीरगंजको नारायणी अस्पतालमा रहेको पयोगशालामा रिएजेन्ट किट सकिए पछि कोरोना भाइरसको संक्रमणको परिक्षण रोकिएको छ ।

 

रिएजेन्ट किट सकिएर परिक्षण गर्न नसकिने भएपछि प्रयोगशाला प्रमुख निरा पाठकले बारा र पर्साका जनस्वास्थ्य कार्यालयहरुलाई र बीरगंज महानगरपालिकालाई पत्र लेखेर स्वा संकलन नगर्न अनुरोध गर्नु भएको छ  ।

 
प्रयोगशाला प्रमुख कन्सल्टेन्ट प्याथोलोजिष्ट डाक्टर निरा पाठकले विभिन्न प्राविधिक कारणले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोरोना भाइरसको संक्रमणको परिक्षण नगरिने भएकोले स्वाब संकलन बन्द गरिएको ब्यहोरा सहितको पत्राचार गर्नु भएको हो ।

नारायणी अस्पतालस्थित प्रयोगशालाका अनुसार अस्पतालले खरिद गरेको रिएजेन्ट किट सकिएको छ । 
नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले रिएजेन्ट सकिएकोले पीसीआर परीक्षण बन्द भएको जानकारी दिनु भयो  । ‘इमर्जेन्सीमा प्रयोग गर्नका लागि बाहेक रिएजेन्ट किट सकिएको छ ।

रिएजेन्ट लिनका लागि साधन पठाइसकेका छौं,’ उहाँले भन्नु भयो, ‘रिएजेन्ट किट नआउँदासम्म पीसीआर परीक्षण सम्भव छैन ।’

पहिला मंत्रालयले नै किट खरिद गरेर पठाउने भएपनि अहिले आवश्यक बन्दोबस्तीको सामा अस्पतालले नै खरिद गर्न अस्पताललाई अख्तियारी दिएको छ ।

 

अस्पतालले कोटेशनमा किट खरिद गर्दा ५ ला रुपैयाको खरिद गर्न सक्छ । टेण्डर गर्दा ढिलो हुने भएकोले कोटेशनमा मगाउन थालिएको छ । तर ५ लाख मा ३ सय कट मात्र पाउने र दैनीक त्यतीनै परिक्षण गर्नु पर्ने भएकोले समस्या आएको मेडिकल सुपरिटेण्डेट संजय ठाकुरले बताउनु भयो ।

 

उहाँले अस्पतालसंग समन्वय नगरि स्वाब संकलन हुदै आएको र त्यसले समेत समस्या पारेको बताउनु भयो । जसले पनि स्वाब पाठाउदा मापदण्ड अनुसारको काम नभएकोले पनि समस्या भएको उहाँको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.