logo

एक वर्षदेखी बन्द रहेको प्रसुती सेवा संचालन, स्वास्थ्यका अन्य पूर्वाधारहरु पनि संचालनमा ल्याउछौः रौनीयार

      9/24/2020 गते 00 00 मा प्रकाशित     843   पटक पढिएको

पर्साको धोविनि गाउँपालिकामा वडा नम्बर २ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत १ वर्षदेखी बन्द रहेको प्रसुति सेवा पुन  सुचारु भएको छ ।

जनशक्तिको अभावमा बन्द रहेको प्रसुति सेवा गाउँपालिकाकाले जनशक्ति आपूर्ती गरेपछि संचालनमा आएको हो ।

 

धोवीनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत अशोक रौनीयारले नागरिक स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने योजना अगाडि सारेपछि प्रसुती सेवा शुरु भएको हो ।  ।

भिखमपुर स्वास्थ्य केन्द्मा हिजो वडा नं १ की एक महिलाले प्रसुतीगृहमा आएर सन्तान जन्माएसंगै सेवा शुरु भएका हो ।

 

गाउँपलिकामा स्वास्थ्य केन्द्र भएपनि जनशक्ति अभावमा प्रसुती सेवा संचालनमा थिएन । प्रमुख प्रशासकीय अधिकृत रौनीयारले गाउँपालिकाको नेतृत्वलाई बिश्वासमा लिएर नागरिकको माँगलाइृ सम्बोधन गर्ने क्रममा स्टाफ नर्सको भर्ना गर्नु भएकोले सेवा संचालनमा आएको हो । गाउँपालिकाले ४ जना नर्स करारमा नियक्त गरेको छ । 

१५ बेडको स्वास्थ्य चौकीमा प्रसुति सेवा शुरु भएसँगै भारतको बिहारदेखी पर्साको जिराभवानी गाउँपालिका, लगायतका महिलाहरुलाई अब वीरगञ्ज जानु नपर्ने भएको छ । 


केन्द्रले दिशा, पिसाव र खकारको परीक्षण जस्ता सेवाहरु पहिलादेखि नै दिँदै आएको छ । गाउँपालिका अधिकृत रौनियारको पहलमा केही दिनभित्रै एक्सरेलगायत अन्य जनरल सेवाहरु पनि सुचारु हुनेभएपछि स्थानीयहरुले खुशि व्यक्त गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.