logo

२ महिला सहित ४५ जनाद्वारा रक्तदान, आर्दशनगरमा स्वास्थ्य शिविर सम्पन्न

      9/26/2020 गते 00 00 मा प्रकाशित     838   पटक पढिएको

शनिवार बीरगंजमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका छन । सामाजिक सेवामा सदैव समर्पित  लायंस क्लब अफ वीरगंज, लियो क्लब अफ गंजभवानीपुर र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो  ।


कार्यकमा तिवारी यादव, दिपक कुमार गुप्ता, धिरज कुमार यादव, संजय कुमार यादव, प्रितेश कुमार, सुरज कुमार पाल, रोशनी श्रेष्ठ, बिशाल श्रेष्ठ, रुपेश पटेल, सुनिता कुमारी, श्रीकान्त सहनी, पप्पु श्रीवास्तव, दिव्या गिरि, महेश कुमार पटेल, बिशाल यादव, सतेन्द्र पटेल, श्यामकिशोर पटेल, विजय कुमार साह, राकेश कुमार शर्मा, महेश साह, राजेश बर्णवाल लगायतकाले रक्तदान गर्नु भएको हो ।

लायंस क्लब अफ वीरगंजका अध्यक्ष विजय कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरिक्षक मनोजित कुंवर, लियो क्लब अफ वीरगंजका अध्यक्ष मेराजुल हवारी, लियो क्लब अफ गंजभवानीपुरका अध्यक्ष विनय साह, कार्यक्रम संयोजक भागवती सिग्देल लगायतको सहभागिता रहेको थियो  । 


यसैवीच नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको आयोजनामा आज  स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
फ्रेन्डस फार्मेसी तथा गणपती ल्याबको सहकार्यमा भएको स्वास्थ्य शिविरमा एक सय १७ जनाले स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरको उद्घाटन नेपाल रेडक्रोस पर्सा शाखाका सभापति बीरेन्द्र राज कंडेलले आफ्नो स्वास्थ्य परिक्षण गराई गर्नु भएको थियो । 

रेडक्रस आदर्शनगर उपशाखा सभापती सन्तोष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का वड़ाध्यक्ष राम नागिन प्रसाद, समाज सेबी परमानंद साह कानू, पवन अग्रवाल,   मनोहर साह, राजकुमार गुप्ता, कृष्ण कुशवाहा, हीरालाल साह, तिलक साह, दीपक साह, अरबिन्द साह, राकेश साह, सञ्जय चौधरी लगायतको उपस्तिथि रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.