logo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रिजाल सहित अन्यमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि, रिजालको सवास्थ्य अवस्था सामान्य

      10/4/2020 गते 00 00 मा प्रकाशित     799   पटक पढिएको

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाललाई पनि  कोरोना भाइरसको संक्रमण भएको छ । उहाँ संगै नेपाली कांग्रेसका अन्य चार  केन्द्रीय सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १ सय ६७ केन्द्रीय सदस्यसहित २ सय ४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको छ । त्यस मध्य कोइराला पनि एक हुनुहुन्छ । 

 


पर्साको जगरनाथपुर गाउँपालिका वडा नं.५ मसिहानीका स्थायी बासिन्द  नेता रिजाल कोरोना संक्रमित भएको नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले सामाजिक संजाल मार्फत सार्वजनीक गर्नु भएको छ ।  नेता रिजाल कोरोना संक्रमित भएपनि कुनै किसिमको लक्षण नभएको उहाँले जानकारी दिनु भयो ।


कोरोना परिक्षणको लागि पार्टीले नै काठमाडौंबाट खटाएको टोलीले शुक्रबार नेता रिजालको स्वाब संक्रलन गरेर लगेको थियो । काठमाडौंमै गरिएको गरिएको परिक्षणमा नेता रिजालमा कोरोना पोजिटिभ देखिएको हो ।


शनिबार सांझ रिपोर्ट पोजिटिभ आएपछि नेता रिजाल वीरगंज स्थित  घरमा आइसोलेसमा बस्नु भएको छ ।  नेता रिजाल हिजो मात्रै पर्सा निर्वाचन क्षेत्र नं ४ का बिभिन्न स्थानमा भएका पार्टीका भेलाहरुमा पनि सहभागि हुनु भएको थियो । उहाँको सम्पर्कमा आउनु भएका सबैलाई आवश्यक परिक्षणलागि सहयोग गर्न र सर्तकता अप्नाउन समेत उहाँले अपिल गर्नु भएको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.