logo

कोभिड बिरुद्धको खोप १८ बाट शुुरु हुने डा. उपाध्यायलाई प्रदेश २ को जिम्मेवारी

      1/23/2021 गते 00 00 मा प्रकाशित     830   पटक पढिएको

कोरोना भाइरस बिरुद्धको खोप सरकारले ढिलोमा माघ १८ बाट लगाउन  सुरु गर्ने भएको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड बिहीबार नै काठमाडौं आइपुगिसकेको छ । माघ १४ देखि १८ गतेभित्र खोप सातै प्रदेशका फ्रन्टलाइनर, जेष्ठ नागरिक र दीर्घरोगीलाई समानुपातिक ढङ्गले लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनु भएको छ । 


सरकारले खोप ब्यवस्थापनकालागि सातै प्रदेशमा संयोजक तोकेको छ । प्रदेश नं २ मा डा. मदन कुमार उपाध्यायलाई खोप ब्यवस्थापनको संयोजक तोकिएको छ । डा. उपाध्याय कोभिडको हट स्पटको रुपमा बीरगंज चर्चामा रहदा नारायणी अस्पतालको मेडिकल  सुपरिटेन्डेन्टको रुपमा कार्यरत हुनुहुन्थ्यो । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट देशभर खोप अभियान सञ्चालन हुने बताउनु भएको छ । 

भारतले दिएको कोभिसिल्ड खोप अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा राखिएको छ । त्यहाँबाट आवश्यक तयारी पूरा गरि एक दुई दिनमा खोप प्रदेशमा पठाउने तयारी सरकारको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.