logo

प्रदेश २ का आठबटै जिल्लामा कोरोना बिरुद्ध खोप लगाइने, मुख्यमंत्री राउतले गृहनगरमा खोप अभियानको शुभारम्भ गर्ने 

      1/25/2021 गते 00 00 मा प्रकाशित     844   पटक पढिएको

प्रदेश सरकारले कोरोना भाइरस बिरुद्धको खोप लागाउने कार्यक्रम प्रदेशका आठबटै जिल्लामा एक साथ शुरु गर्ने भएको छ ।

 

प्रदेशका मुख्यमंत्री लालबाबु राउत गद्धीले आफनो गृहनगर बीरगंजको नारायणी अस्पतालमा कोरोना भाइरस बिरुद्धको खोप अभियानको शुभारम्भ गर्नु हुने छ । 

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो ।

खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल, जनकपुरधाम र समाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट गर्नु हुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो ।

प्रदेश नं. २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु भोलिसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने निर्देशक झाले बताउनुभयो ।

पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्रपंतिमा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.