logo

पर्साका दुई चिकित्सकहरु ‘राष्ट्रीय स्वास्थ्य’ सम्मानद्वारा सम्मानित,सम्मानले उत्साहित बनाएको चिकित्सकद्वयको प्रतिक्रिया

      2/27/2021 गते 00 00 मा प्रकाशित     731   पटक पढिएको

नेपाल टेलिभिजनमा प्रसारण हुने स्वास्थ्य दर्पण मिडिया द्वारा कोविड १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका वापत पर्सा जिल्लाका दुईजना चिकित्सक सम्मानित भएका छन् ।  

 

वरिष्ठट स्त्री रोग विषेशज्ञ डा. लक्ष्मी थापा र बरिष्ठ फिजिसियन डा. निरज सिंह सम्मानित हुनु भएको हो ।
प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा आयोजित कार्यक्रममा पुर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले ‘राष्ट्रीय स्वास्थ्य’ सम्मानपत्रले उहाँहरुलाई सम्मान गर्नु भएको हो ।

स्वस्थ्य दर्पण मिडिया प्रा.लि. को ९ औ वार्षिक उत्सवको अवसरमा वहाँहरुलाई सम्मानित गरिएको हो । कार्यक्रम स्वास्थ्य दर्पणका अध्यक्ष सन्दिप श्रेष्ठको अध्यक्षतामा समपन्न भएको थियो । 


सम्मानले आफूलाई झनै उत्साहित बनाएको डा. लक्ष्मी थापाले बताउनु भयो । कोभिडकालमा नागरिकलाई पुर्याएको सेवाको पहिचान भएकोले र यसले आफूलाई झनै जिम्मेवार बनाएको भन्दै डा. थापाले नागरिकको सेवामा उत्साहपूर्वक क्रियाशिल भइरहन सम्मानले बल मिलेको बताउनु भयो ।

 

त्यस्तै डा. सिंहले पनि सम्मानले कोभिडकालको कठिन यात्राको स्मरण गराएको बताउनु भयो । समाजले त्यतीबेलाको योगदानलाई सम्झेकोमा खुशी लागेको उहााले बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.