logo

बीरगंजको छपकैयामा निशुल्क नेत्र तथा दंन्त परिक्षण ६० जनामा मोतिबिन्दु फेला , निशुलक अप्रेशन गरिने

      2/27/2021 गते 00 00 मा प्रकाशित     1211   पटक पढिएको

समुदाय  प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजनामा वडा नं छपकैयामा २ मा  निशुल्क आखा तथा दन्त शिवीर कार्यक्रम सम्पन्न भएको छ ।

 

बीरगंज राईजिङ्ग  नेपाल  तथा मार्टिका आई फाउन्डेसन र बीरगंज डेन्टल क्लिनिक एन्ड ईम्पलान्ट सेन्टरको विशेष सहयोगमा शिविर सम्पन्न भएको हो । 


ताराचन्द किशन लाल आधारभुत विद्यालय छपकैया २ को प्राङ्गणमा भएको शिविरमा ९० जना महिला र ४८ जना पुरुष गरि १३८ जनाले चेकजाँच नेत्र परिक्षण गराएका थिए ।

 परिक्षण गरिएका मध्य ६० जनामा मोतिबिन्दु भएको र उनीहरुको केही दिनमा निशल्क अप्रेसन गर्ने माट्रिका आई आफण्डेशनका संयोजक महेश धामीले जानकारी दिनुभयो ।

 

त्यसैगरि आजै दन्त शिबिरमा १४ महिला र १९ पुरुष गरि ३३ जनाले चेकजाँच गरेको डा. रेयाजुल हकले बताउनु भयो ।


सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो । शिविरमा बीरगंज महागरपालिकाका प्रमुख बिजय सरावगीले मोतिबिन्दुको अप्रेशन मार्फत नागरिकलाई ज्योती फर्काउने आफनो अभियानको बारेमा प्रकाश पार्नु भएको थियो । 


सरावगीको नेतृत्वमा यो वर्ष पर्साका करिव ५ हजार नागरिकको मोतिबिन्दुको निशुल्क शल्यक्रिया गरिएको छ । 

 जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी , स्कुल व्यवस्थापन समितिका अध्यक्ष ताज मिया,  मिनाबजार सामुदायिक सेवा केन्द्रका सचिव ग्यासुदिन देवान , सामुदायिक सेवा केन्द्र छपकैया २ का उपाध्यक्ष मो. अब्दुल हक , कोषाध्याक्ष प्रेम कुमारी सिंह , सदस्य अजित भुजेल , टीका प्रसाईं , अरुण गोयल , जेयाउल हक , प्रहरी सहायक निरीक्षक सन्जिव कुमार यादव , प्रहरी हवल्दार देवेन्द्र पटेल र प्रहरी जवान राजकुमार तामाङ लगायतका स्थानीयहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
   
   स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया २ का सचिव प्रबिण बिक्रम शाहले र कार्यक्रम सन्चालन सदस्य अब्दुल कैशले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.