logo

इन्दुशंकर चिनी उधोगले दुर्गन्ध फैलायो, दुर्गन्ध नियन्त्रणको माग गर्दै स्थानीयले बुझाए ज्ञापन

      3/3/2021 गते 00 00 मा प्रकाशित     862   पटक पढिएको

सर्लाहीको हरिवनमा संचालीत चीनीमिलबाट निस्कने दुर्गन्धका कारण अप्ठयारोमा परेका स्थानीयले दुर्गन्ध नियन्त्रण गर्न माँग गर्दै हरिवन नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन ।

 

इन्दु शंकर चिनी उधोगले फैलाएको दुर्गन्धका कारण समस्यामा परेका स्थानीय नागरिकले दुर्गन्ध नियन्त्रणकालागि आन्दोलन परिचलन कमिटी बनाएर आन्दोलन शुरु गरेका छन ।


स्वास्थ्यकालागि स्वच्छ हावा पानी आवश्यक छ । नेपालको संविधानले स्वच्छ वतावरणमा बाँच्न पाउने कुरालाई मौलीक हकको रुपमा संरक्षीत गरेको बेलामा उधोगले स्थानीय नागरिकको स्वास्थ्यको ख्याल नगरि मुनाफा आर्जन गर्ने र संबिधानले गरेको ब्यवस्था उल्लंघन गरेको  आन्दोलन  परिचालन समितिका अध्यक्ष अन्जना पंत कडरियाले बताउनु भयो ।

 

उधोगले सामाजिक उत्तरदायित्व निर्वाह नगरेकोले आफूहरुले स्थानीय सरकारलाई गुहार गरेको उहाँले बताउनु भयो । उहाँले ज्ञापन पत्र बुझाएर हामीले आफना कुरा राखेका छौ ज्ञापनपत्र लाई सामान्य ठानेर ब्यवहार गरियो भने आन्दोलनका अन्य रुप लिएर आफूहरु सडकमा आउने उहाँले चेतावनी दिनु भयो । 


उधोगले फैलाएको दुर्गन्धका कारण वालबालिका ज्येष्ठ नागरिमा वाक वाकी लाग्ने रिगंटा लाग्ने ,खाना मन नलाग्ने,झिंगा र लामखुट्टेको अत्यधिक बृद्धि,झिंगाका कारण आफनो करेसाबारिमा उत्पादित हरियो तरकारी समेत खान नसकिने अवस्थाको निर्माण भएको स्थानीयको आरोप छ ।

 

 बिवाह भोज भतेर समेत रोकिनु पर्ने जग्गा जमिनको भाउँ घटने जस्ता समस्याहरु आफूहरुले झेल्नु परेको अध्यक्ष कडरियाले बताउनु भयो । उधोगकै दुर्गन्धका कारण श्वास प्रश्वास लगायतका रोगीहरु बढेकोले पनि संघर्ष समितिले दुर्गन्ध नियनत्रणको माग गरेको उहाँले बताउनु भयो । उहाँले उधोग सहित सबैलाई ज्ञापनको बोधार्थ समेत दिएको बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.