logo

पिपरामा चौथो पटक रक्तदान, रक्तदानको माध्यमले गर्दै आएको सेवाको महानगर प्रमुख सरावगीद्वारा प्रशंसा 

      3/6/2021 गते 00 00 मा प्रकाशित     798   पटक पढिएको

युवा समाज पिपरा  द्वारा चौथो पटक आयोजीत रक्तदान कार्यक्रममा २ महिला सहित ७१ जनाले रक्तदान गरेका छन । 

कार्यक्रमको उद्धघाटन बीरगज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले गर्नु भएको थियो । कार्यक्रम उद्धाघटन गर्दै महानगर प्रमुख सरावगीले सामाजिक चेतनाको बिकासकालागि पिपरा युवा क्लबले रक्तदानका माध्यमले गर्दै आएको सेवाको प्रशंसा गर्नु भयो ।

 

उहाँले रक्तदान जस्तो मानवीय काम अर्को नहुने भन्दै रक्तदानका माध्यमले समाजलाई जोडने काम पनि युवा समाजले गरेको बताउनु भयो । उहाँले पिपरामा ज्येष्ठ नागरिक र वालवालिकाकोलागि पार्क बन्ने जानकारी दिदै त्यसको स्वामित्व लिन युवा समाजलाई आग्रह गर्न भयो ।

 

उहाँले बिकासका काममा समेत युवाहरुको सहभागिता आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी बीरगंज महानगरकमिटीका अध्यक्ष रहवर अन्सारी , नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने उधोगपती एवं टोल सुधार समितिका अध्यक्ष हरि गौतम लगायतकोले कार्यक्रमको सफलताको बारेमा मन्तब्य ब्यक्त गनुृ भएको थियो ।

  युवा समाज का अध्यक्ष अनिल पटेल अध्यक्षतामा कार्यक्रम भएको थियो ।  


 रक्त दाता सुनीता श्रेष्ठ ,सीमा पटेल मंतोष पटेल  प्रताप पटेल,धीरज पटेल  लगयात्ले कार्यक्रममा रक्तदान गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष भारत कुर्मी   रामबाबू कुर्मी , सुरेंद्र पटेल लगयात्को उपस्थिति थियो। भने प्रबिधिक सहयोग रक्तसंचार केन्द्रका उदय राज शर्मा र शौरभ राजले उपलब्ध गराउनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.