logo

प्रदेश सरकारको आलोचना बढेसगै पर्सामा ३२ चिकित्सक तथा स्वास्थ्यकर्मीको नयाँ भर्नाको निर्णय

      5/11/2021 गते 00 00 मा प्रकाशित     519   पटक पढिएको

पर्साको नारायणी  र पोखरियामा रहेको जिल्ला अस्पतालमा ३२ जना जनशक्ति थपिने भएको छ । जनशक्ति अभावमा उपचार सेवा प्रभावित भएसंगै प्रदेश सरकार बिरुद्ध आलोचना बढदै गएपछि प्रदेश सरकारले जनशक्ति आपूर्तीको नीति लिएको हो । 

 

कोभिड–१९ महामारीको नयाँ भेरियन्ट पर्सामा तीव्र रुपमा फैलिरहेको छ । माहामरी जुन गतीका साथ फैलिएको त्यही गतीमा प्रदेश सकारको आलोचना पनि बढेको छ ।

 

कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा बिरामीको उपचारमा प्रदेश सरकारको भूमिका बिहिन भएको भन्दै आलोचना बढेको हो । प्रदेश सरकारको औचित्य नै सकिएको तर्क पनि उत्तिकै बढेको बेलामा पर्सामा ३२ जना चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउने प्रदेश सरकारले निर्णय लिएको छ ।

 

यो कुराको जानकारी मुख्यमंत्रीका  स्वकिय सचिव दीपक यादवले आफनो सामाजिक संजाल मार्फत दिनु भएको हो 
 नारायणी अस्पतालमा १९ जना र पोखरिया अस्पतालका लागि १३ जना चिकित्सक स्वास्थ्यकर्मी दिने निर्णय प्रदेश २ सरकार निर्णय रहेको छ ।

कोभिड–१९ महामारीको नयाँ भेरियन्ट पर्सामा तीव्र रुपमा फैलिरहेको छ । त्यसको रोकथाम नियन्त्रण र उपचारमा कमी हुन नदिने उद्देश्यले प्रदेश–२ सरकारले ३२ जना चिकित्सक स्वास्थ्यकर्मी छनौट गरी नारायणी र पोखरिया अस्पतालमा खटाउने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए ।

 

स्वास्थ्य कार्यालय पर्साले छिट्टै सूचना निकालेर चिकित्सक स्वास्थ्यकर्मीको भर्ना लिने र खटाउने उनको भनाइ छ । नारायणी अस्पतालमा कन्सल्टेन्ट एनेस्थेसिया अधिकृत नवौं तहको १ जना, मेडिकल अधिकृत आठौं ५ जना, स्टाफ नर्स ८ जना, एनेस्थेसिया असिस्टेन्ट १ जना, ल्याब टेक्नोलोजिस्ट १ जना, ल्याब असिस्टेन्ट १ जना र स्वीपर २ जना दिन लागिएको छ ।

 

पोखरिया अस्पतालमा मेडिकल अधिकृत आठौं २ जना, स्टाफ नर्स ६ जना, रेडियो ग्राफर १ जना, एनेस्थेसिया टेक्नोलोजिष्ट १ जना, ल्याब असिस्टेन्ट १ जना र स्वीपर २ जना पठाइने प्रदेश सरकारले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.