logo

स्वास्थ्य संरचना उपकरण थपिदै भेन्टिलेटर संख्या ९ सय ,अइसीयु बेड ३ हजार पुग्यो

      5/25/2021 गते 00 00 मा प्रकाशित     628   पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना महामारीको समयमा आइसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २०७७ साल वैशाखमा ३ सय २७ वटा मात्र भेन्टिलेटर रहेकोमा हाल ९ सय ४ वटा पुगेको छ।

मन्त्रालयले एकवर्षमा ५ सय ७७ वटा भेन्टिलेटर थप गरेको दाबी गरेको छ। यस्तै १ सय ८० वटा भेन्टिलेटर थप गर्ने प्रक्रिया शुरू भइसकेको पनि मन्त्रालयले जनाएको छ।

 

यसैगरी, गतवर्षको वैशाखमा २ हजार ६ सय आइसीयू बेड संख्या रहेकोमा एक वर्षमा ४ सय  थप गरी ३ हजार पुर्‍याइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले ६ सय ३० वटा आइसीयू थप गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ।हाइडिपेन्डेन्सी युनिट (एचडीयु) बेड संख्या सरकारी अस्पतालहरूमा २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

यस्तै, १ हजार ४ सय आचडीयू थप गर्ने प्रक्रिया अगाडी बढेको छ।यसैगरी, देशभर ३२ वटा अक्सिजन प्लाण्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गर्ने तयारी मन्त्रालयले गरेको छ ।

मन्त्रालयका अनुसार लिक्विड अक्सिजन ट्यांक संख्या ३ वटा रहेकोमा २७ वटा थप गर्ने  प्रक्रिया अगाडी बढाइएको छ।

एकवर्षको अवधिमा ९ सय  अक्सिजन कन्सनट्रेटर थप गरिएको र ५ हजार अक्सिजन सिलिण्डर थप गरिएको  मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरी सरकारी तथा निजी अस्पतालहरूमा कोभिड–१९ उपचारका लागि १ सय ५७ अस्पतालहरू सूचीकृत गरी सञ्चालनमा ल्याइएको छ। 

निजी क्षेत्रका ४५ अस्पतालहरूसँग सम्झौता गरी परिचालन गरिएको छ। यी अस्पतालहरूमा निस्शुल्क उपचार व्यवस्था मिलाइएको र  २०७८ वैशाखमा मात्र उपचारको लागि ४५ करोड सोध भर्नाको गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.