logo

प्रादेशिक अस्पताल सुधारका लागि उच्च स्तरीय समिति गठन, चार दिनमा प्रतिवेदन दिन निर्देशन

      5/29/2021 गते 00 00 मा प्रकाशित     604   पटक पढिएको

 प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धि प्रतिवेदन तैयार गर्न प्रदेश सरकारले उच्च स्तरीय तीन सदस्यीय समिति गरेको छ । 


अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढे पछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको  अवस्था बारे जानकारी लिन सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठकमा बोलाउनु भएको थियो ।


मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिले सम्म र कसरी सुध्रिने प्रश्नको जवाव अस्पतालका मेसु लगायत चिकित्सकहरु संग माग्नु भएपछि मेसु लगायतका चिकित्सकहरु अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपाय बारे आ–आफनो धारणा राख्नु भएको थियो । 


चिकित्सकहरुले दिएको सुझावहरुलाई संकलन गर्दै अस्पतालको समग्र सुधारको भावी कार्ययोजना सम्बन्धि प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । 


समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका बरिष्ठ चिकित्सकहरुको सल्लाहमा प्रतिवेदन तैयार गर्ने  जिम्मेवारी दिइएको छ ।


४ दिन समय सीमा पाएको समितिले अस्पतालको उपचार , कर्मचारी व्यवस्थापन , प्रतिष्ठान अन्तर्गत गए पछि गरिनु पर्ने संरचनागत परिवर्तन, लगायत अन्य सुविधाहरुलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन । 


बैठकमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। रामकेवल साह , प्रमुख सचिव गोकर्णमणि दुवाडी , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सचिव यम प्रसाद भुषाल , समाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ , अस्पताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंह सहित समितिका पदाधिकारीहरु, आपूर्ति महाशाखाका निर्देशक डा।

 

प्रमोद कुमार यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, अस्पतालका मेसु डा। प्रमोद यादव सहित वरिष्ठ चिकित्सक एवं विभागीय प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.