logo

चप्पलमा गान्धी भारत रुष्ट

चप्पलमा गान्धी भारत रुष्ट

      1/19/2017 गते 00 00 मा प्रकाशित     1978   पटक पढिएको


माघ ६ /भारतीय स्वतन्त्रता आन्दोलनका शिर्ष ब्यक्तित्व “बापु” महात्मा गान्धीको तस्बिर भएको चप्पल अनलाइन सप अमेजनमा सार्वजनिक भएको छ । चप्पलमा गान्धीको फोटो आएपछि भारत रुष्ट भएको छ । भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको हो ।   

गएको बुधबार आफ्नो राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गर्नुपर्ने र माफी माग्नुपर्ने भन्दै भारतले आवाज उठाएको थियो । डोरम्याटमा राष्ट्रिय झण्डा प्रयोग भएको बारे भारतीय विदेश मन्त्री सुष्मा स्वराजले कम्पनी विरुद्ध कडा रुपमा प्रस्तुत हुने धम्की दिएकी थिइन् । अमेजनले आफ्नो साइटबाट डोरम्याट बिक्रीका लागि हटाएपनि फेरि गान्धीको तस्बिर भएको चप्पल ल्याएको डेली मेलमा खबर छ ।

भारतीय जनतको संवेदनशीलता र भावनाको सम्मान हुनपर्ने भारतको माग छ । अमेजनको साइटमै पनि धेरै जनाले अरुको संवेदनामाथि खेलबाड गर्दै त्यस्ता सामग्री बिक्रीका लागि राख्नु गलत भएको प्रतिक्रिया दिएका छन् । 

‘अमेजनको लज्जास्पद काम, पहिले भारतको राष्ट्रिय झण्डा अनि अहिले महात्मा गान्धी’ एकजनाले प्रतिक्रिया दिएका छन् । यस्तै अर्काले लेखेका छन, ‘तपाइँ आफ्नो चप्पलमा आफ्ना बा र हजुरबाको तस्बिर राखेर लगाएको सम्झनुस, कति सजिलो हुन्छ त्यस्तो लगाउन ? त्यसले कस्तो खाले सम्मान र स्नेह मिल्छ ?’ 
गान्धीको तस्बिर छापिएको चप्पलको मूल्य झण्डै १७ अमेरिकी डलर राखिएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.