logo

भारतको गोवा र पञ्जावमा विधानसभा निर्वाचन सम्पन्न

      2/4/2017 गते 00 00 मा प्रकाशित     1669   पटक पढिएको

भारत,२२ माघ : 
भारतको गोवा र पञ्जावमा विधानसभा निर्वाचन सम्पन्न भएको छ । गोवामा ४० सिटका लागि भएको निर्वाचनमा ८३  प्रतिशत मत खसेको छ भने पञ्जाबमा १ सय १७ सिटका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको भारतीय संचारमाध्यमले जनाएका छन् । फेब्रुअरी र मार्च महिनामा हुने भनिएका ५ राज्यको निर्वाचन मध्ये ती राज्यमा मतदान भएको हो ।

गोवामा विहान ७ बजेबाट मतदान सुरु भएको हो भने पञ्जाबमा भोटिङ मेसिन बिग्रिएकाले ८ बजे मात्र मतदान सुरु भएको थियो ।

दिल्ली केन्द्रित मानिएका अरविन्द केजरीवालको आम आदमी पार्टीले पहिलो पटक गोवा र पञ्जावको चुनावमा भाग लिएको छ । पञ्जावमा सिरोमणि अकाली दल र भारतीय जनता पार्टीको गठबन्धन तथा कंग्रेस र आम आद्मी पार्टीबीच मुख्य प्रतिस्पर्धा रहेको मानिन्छ ।

गोवामा पनि भाजपा, कंग्रेस, आमआद्मी पार्टी र महाराष्ट्रवादी गोमांतक पार्टी नेतृत्वको गठबन्धन बीच प्रतिस्पर्धा हुने बताइएको छ ।  उत्तर प्रदेश, मणिपुर र उत्तराखण्डमा पनि निर्वाचनको तयारी भइरहेको छ ।

पाँच राज्यमै निर्वाचन सकिएपछि मार्च ११ मा मतपरिणाम आउने बताइएको छ । एजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.