logo

अफगान तालिवानद्वारा आक्रामक आक्रमणको घोषणा

      4/28/2017 गते 00 00 मा प्रकाशित     1374   पटक पढिएको

काबुल, १५ बैशाख । अफगानिस्तानमा शुक्रबार तालिवान आतङ्ककारी समूहले बसन्त क्रृतुको सुरुवातसँग ‘बसन्त क्रृतु आक्रामक’ नामक आक्रमणको घोषणा गरेका छन् ।
 

गत एक हप्ताअगाडि अफगानिस्तानको बाल्ख प्रान्तको मजार ए सरिफ सहरको बाहिरी इलाकामा रहेको एक सैनिक शिवीरमा गरेको भीषण आक्रमणपछि तालिवानले आक्रामक आक्रमणको घोषणा गरेका छन् ।
 

गत शुक्रबार सैनिक पोसाकमा रहेका बन्दुकधकारीहरुले उक्त सैनिक शिवीरमा गरेको आक्रमणमा परी कम्तीमा १३५ जना युवा नयाँ सैनिकको मृत्यु भएको थियो ।
 

यस घटनामा मारिएका आफ्ना आफन्तको अन्तिम संस्कार गरी सकेपछि आफन्त गुमाएर अत्यन्त क्रोधित भएका आफन्तजनले मन्त्री र सेनाप्रमुखको राजीनामाको माग गरेका थिए । जनताको सोही आवाजको कदर गर्दै यहाँका प्रतिरक्षा मन्त्री र उनका सेना प्रमुखले आफ्नो पदबाट सोमबार राजिनामा दिएका थिए ।
 

यस घटनापछि अफगान अधिकारीले कम्तीमा ३५ जना सैनिकलाई पक्राउ गरेका थिए । अफगानिस्तानमा सन् २००१ बाट सुरु भएको तालिवानसँगको युद्धमा सैनिक पोसाकमा र आफ्ना सहकर्मीबाट बारम्बार आक्रमण हुने गरेको छ । यस प्रकार सहकर्मीबाट हुने गरेको आक्रमणमा आफ्नै देशका सहकर्मी अन्तर्राष्ट्रिय सेनामाथि आक्रमण भएको पाइन्छ ।
 

तालिवान सत्ताबाट हटेको १५ वर्ष पछाडि पनि गत शुक्रबार भएको सैनिक शिविरलक्षित यो आक्रमण अत्यन्त भीषण थियो । सैनिकको पोसाक र आत्मघाती भेस्ट लगाएका १० जना बन्दुकधारीले शिविरको मस्जिद र डाइनिङ्ग हलमा फैलिएर रहेका निःसशस्त्र सैनिकमाथि गोली प्रहार गर्न सुरु गरेका थिए ।
 

सन् २०१४ को अन्त्यमा अमेरिकी आवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिबानसँगको युद्धमा आफूहरू सो युद्धमा नजाने घोषणा गर्दै प्रायःनेटो सैनिक त्यहाँबाट फर्किएपछि अफगानिस्तानमा सुरक्षाकर्मीमाथिको आतङ्ककारी आक्रमण बढेको बताइन्छ ।
 

अमेरिकी निगरानीकर्ता सिगारका अनुसार सन् २०१६ मा अफगानिस्तानमा छ हजार आठ सय सैनिक र प्रहरी तालिवानले गरेको विभिन्न आक्रमणमा मारिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.