logo

टर्कीद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध

      4/29/2017 गते 00 00 मा प्रकाशित     1135   पटक पढिएको

टर्की, १६ वैशाख । टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ ।


टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा प्रयोग भएको कुनै पनि वेबसाइटमाथि प्रतिबन्ध लगाउन सकिने कानुनी प्रावधान भएअनुसार विकिपिडिया टर्कीको हितमा नभएको भन्दै विकिपिडिया अनलाइन विश्वकोषमाथि प्रतिबन्ध लगाइएको हो ।


टर्कीको यस निर्णय यहाँका मानवअधिकारकर्मी तथा पश्चिमी गठबन्धनका लागि विशेष चासोको विषय हुन सक्ने विकिपिडियामाथिको प्रतिबन्धपछि विज्ञहरु बताउँछन् ।


यहाँका मानवअधिकारवादी सङ्गठन तथा टर्कीको पश्चिमा गठबन्धन राष्ट्रहरुले सन् २०१६ को जुन १५ मा भएको असफल राज्य विद्रोहपछि टर्की प्रशासनले नागरिकको वैयक्तिक स्वतन्त्रता तथा अन्य आधारभूत मानवअधिकारसम्बन्धी प्रावधानमा धेरै कटौती गरेको जनाएँदै आएका छन् ।


प्राविधिक मूल्याङ्कन र कानुनी विवेचनापछि विकिपिडियाको अनलाइन सेवाविरुद्ध प्रशासनले पछिल्लो कदम लिएको विटिके दूरसञ्चार प्रदायक संस्थाले आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा जनाएको छ ।


विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयनमा लान टर्कीको कानुनअनुसार विटिकेले निर्णय २४ घन्टाभित्र अदालतमा पेस गर्नेछ । अदालतले निर्णय उपयुक्त छ वा छैन भनी दुई दिनभित्र दिनेछ । यदि अदालतबाट राष्ट्रिय हित विपरीत प्रयोग भएको भनी राय आएमा विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.