logo

उत्तर कोरियाद्वारा गरिएको क्षेप्यास्त्र परीक्षण सफल भएन

      4/29/2017 गते 00 00 मा प्रकाशित     1147   पटक पढिएको

सोल, १६ वैशाख । अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले प्योङयाङविरुद्ध कडा कदम चाल्नुपर्ने बताउनुभएको केही समयपछि उत्तर कोरियाले पुनःएउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । तर उक्त परिक्षण सफल भने हुन सकेन् ।


दक्षिण कोरिया र अमेरिकी अधिकारका अनुसार उक्त क्षेप्यास्त्र उडेको केही समयपछि नै विस्फोट भएको थियो । यसअघि यसै महिनामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो । प्योङयाङबाट उत्तरमा पर्ने प्याङगान प्रान्तको दक्षिणी क्षेत्रमा स्थानीय समयानुसार शनिबार बिहान ०५ः३० मा गरेको यो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो ।


दक्षिण कोरियाली सैनिक स्रोतका अनुसार क्षेप्यास्त्रका प्रकृतिलगायत विस्तृत विवरण अझै पनि अनुसन्धारत नै रहेको छ । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले पनि उत्तर कोरियाले बारम्बार गरेको परमाणु र क्षेप्यास्त्र परीक्षणले एउटा ठूलो द्वन्द्व निम्त्याउने चेतावनी दिनुभएको थियो । कुटनीतिक माध्यमबाट उत्तर कोरियाको विवादको समाधान गर्न खोजेको तर त्यसप्रकार समस्या समाधान खोज्नु अत्यन्त कठिन भएको पनि ट्रम्पले बताउनुभएको थियो ।


यसअघि नै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अर्को परमाणु परीक्षण गरेमा उत्तर कोरियालाई चीनले प्रतिबन्ध लगाउने चेतावनी दिएको बताउनुभएको थियो ।


उता उत्तर कोरियाले भने अमेरिकामाथि हमलाको परिकल्पना गर्दै एउटा काल्पनिक भिडियो सार्वजनिक समेत गरेको थियो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार गर्ने परमाणु परीक्षण कार्यक्रम आफ्ना लागि ठूलो विश्वव्यापी चिन्ताको विषय भएको बताउनुभएको छ ।


चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको सङ्ज्ञा दिँदै उहाँले आफ्नो अटेर गर्ने छमेकीलाई दबाब बढाइरहेको पनि ट्रम्पले जानकारी दिनुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.