logo

भारतमा २०० विद्यार्थी अस्पताल भर्ना

      5/6/2017 गते 00 00 मा प्रकाशित     1283   पटक पढिएको

नयाँदिल्ली, २३ वैशाख । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी शनिबार अस्पताल भर्ना भएका छन् । विद्यालयमा पढाई भइरहेका बेला रासायनीक ग्यास फैलिएर विरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।


विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अङ्गमा नकारात्मक असर परेर अफ्ट्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । नयाँदिल्लीमा रहेको एक विद्यालय नजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात चुहिएको प्रहरीको भनाइ छ ।


“झन्डै २०० जना बालबालिका नजिकैका चार ओटा अस्पतालमा भर्ना भएका छन्, गम्भीत तथा सिकिस्त बिरामी त कोही पनि छैनन्, सबै सामान्य अवस्थामा छन्,” एक जना प्रहरी उपप्रमुख रोमिल बानीयाले पत्रकारसँग भन्नुभयो ।


उहाँले ग्यास चुहावटका बारेमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइसकिएको पनि बताउनुभयो ।


भारतमा ग्यास चुहावटका घटना असामान्य होइन । यसअघि सन् २०१४ मा छत्तिसगढमा रहेको एउटा स्टील कारखानामा ग्यास चुहावट हुदा छ जनाको मृत्यु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.