logo

सर्वसम्मत प्रधानमन्त्री नियुक्त गर्न आह्वान

      5/11/2017 गते 00 00 मा प्रकाशित     1290   पटक पढिएको

संयुक्त राष्ट्र संघ, २९ बैशाख । सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आह्वान गरेको छ ।


हाल चलिरहेको राजनीतिक द्वन्द्वले चरम अस्थिरता निम्त्याउन सक्ने राष्ट्रिय खतरालाई रोक्न गिनि बिसाउमा अधिकतम राजनीतिक समर्थन प्राप्त गर्ने प्रधानमन्त्रीको नियुक्तिको अभाव खट्किरहेको चर्चा भै रहेको छ ।

यसै क्रममा, राष्ट्रिय समस्या समाधान गर्नका लागि गिनि बिसाउका राजनीतिक दलको बेवास्ता र उदासीनतालाई दृष्टिगत गरी त्यहाँको राजनीतिक सङ्कटप्रति गहिरो चासो राख्दै पन्ध्र सदस्यीय सुरक्षा परिषदले उक्त प्रस्ताव पारित गरेको हो ।

गिनि बिसाउमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघको मध्यस्थतामा पूर्वहस्ताक्षरित ूकोनाक्राइ सम्झौताू को निष्ठापूर्वक पालना गर्न र सम्झौतामा उल्लेखित प्राबधान अनुसार अतिशीघ्र नै उक्त सम्झौताप्रति आस्थावान् प्रधानमन्त्री नियुक्त गर्न आह्वान गरिएको राष्ट्र संघीय सुरक्षा परिषद्द्वारा आज प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ ।

गिनी बिसाउमा विगत एक वर्षदेखि चलिरहेको राजनीतिक द्वन्द तथा अस्थिरता र अशान्तिका कारण लागू पदार्थको तस्करी र ओसार पसार तथा चरम हिंसात्मक अतिबादले मौलाउने राम्रो अवसर पाइरहेको समेत उक्त विज्ञप्तिले जनाएको छ ।

गिनी बिसाउको वर्तमान राजनीतिक स्थितिलाई नजिकबाट नियाली रहेको उल्लेख गर्दै त्यहाँको सङ्कटलाई थप बढ्न नदिनु र शान्तिपूर्ण समाधान गर्न सहयोग गर्नु संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको पनि दायित्व रहेको उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.