logo

भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

      5/7/2017 गते 00 00 मा प्रकाशित     1173   पटक पढिएको

काराकास, २४ वैशाख । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ ।


महिलाले गरेको प्रदर्शनको नेतृत्व कारागारमा राखिएका विपक्षी दलका नेता लेओपोल्डो लोपेजकी श्रीमती तथा सांसद लिलिएन टिनटोरीले गर्नुभएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘अझै दमन गर’ लेखिएको प्लेकार्डहरु प्रदर्शन गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।


प्रदर्शनकारीलाई सरकारी सुरक्षाकर्मीले विभिन्न ठाउँमा अवरोध गरेका थिए । विशेष गरेर गृहमन्त्रालय अगाडि प्रदर्शन गर्न खोज्दा उनीहरुलाई सुरक्षाकर्मीहरुले रोक्नुपरेको थियो । प्रदर्शनमा अरु पनि धेरै महिला सांसदहरु सहभागी थिए । उनीहरुले सडक अवरोध गर्नका लागि मात्रै नभई भेनेजुयलालाई स्वतन्त्र बनाउनका लागि सडकमा आएको बताएका थिए ।


मादुरो विरुद्धको यस्तै प्रदर्शन राजधानीबाहेक अन्य सहरहरुमा पनि भएका छन् । सान क्रिस्टोबल र अरागुआमा भएको विरोध प्रदर्शनहरुमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । वामपन्थी नेता तथा राष्ट्रपति मादुरोमाथि आन्दोलनरत प्रतिपक्षी दलले जसरी पनि मादुरो सत्तामा रहिरहन चाहेको र यसै मक्सतलाई पूरा गर्न निर्वाचन प्रक्रियालाई ढिलो गराएको आरोप लगाउँदै आन्दोलन भइरहेको छ ।


पेट्रोलियम पदार्थका लागि धनी राष्ट्र भेनेजुयलामा पछिल्लो समय खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको अभाव हुन थालेको छ । विपक्षीले देशमा ७०० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि भएको, सरकारले शान्ति तथा अमनचयन कायम गर्न नसकेको, संसद्को अधिकारमाथि हस्तक्षेप गरेकोजस्ता आरोप पनि लगाएका छन् ।


सरकारले भने प्राकृतिक रूपमा निम्तिएका समस्याप्रति सरकारलाई दोषी मान्न नमिल्ने तर्क गरेको छ । साथै राज्यद्वारा राष्ट्रपतिलाई दिएका कार्यकारी अधिकारको प्रयोग गर्नुलाई विपक्षीले कानुनी राज्यको अवधारणालाई लत्याएको भनेर अनावश्यक बखेडा झिकेको भन्दै सबै कुराको समाधान पारस्परिक वार्ताबाट हुने तथा आन्दोलनले थप आर्थिक सङ्कट निम्त्याउने सरकारी पक्षको भनाइ छ ।


सन् २०१३ मा राष्ट्रपतिमा निर्वाचित मादुरोले अमेरिकी चासोका विषयमा कम ध्यान दिएपछि सन् २०१९ मा कार्यकाल अन्त्य हुने भए पनि आफूविरुद्ध अमेरिकी पुँजीपतिहरूले पूरा कार्यकाल सम्पन्न गर्न नदिन षड्यन्त्र गरिरहेको बताउँदै आउनुभएको छ । सङ्कटको समाधान मिलेर अघि बढ्दा जति सहज बन्नसक्छ तर सरकार र विपक्षीको द्वन्द्वले त्यति नै जटिल बनाउँछ ।


मादुरोविरुद्धको आन्दोलनमा एक महिनाको समयमा अहिलेसम्म ४० जनाभन्दाको मृत्यु भइसकेको छ । निजी सञ्चारमाध्यमले गरेका मत सर्वेक्षणमा मादुरोविरुद्ध करिब ७० प्रतिशत जनता रहेको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.