logo

निर्वाचन अभियानका क्रममा सांसदको मृत्यु

      5/6/2017 गते 00 00 मा प्रकाशित     1125   पटक पढिएको

पेरिस ९फ्रान्स०, २३ वैशाख । फ्रान्सको राष्ट्रपतिको निर्वाचन अभियानका भाषण दिइहेकाबेला मञ्चमा बेहोस बनी ढलेका समाजवादी दलका सांसदको रिन एर्हेल, ५० को शनिबार निधन भएको उक्त दलले जनाएको छ ।


राष्ट्रपतिका उम्मेदवार इम्यानुयल म्याक्रोनलाई मतदान गर्न सर्वसाधारण फ्रान्सेली नागरिकलाई मञ्चबाट आकर्षक वक्तव्य दिइरहेका एर्हेल मञ्चमा ढलेपछि तत्कालै उपचारका लागि अस्पताल पु¥याइए पनि अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो ।


राष्ट्रपति निर्वाचनमा सशक्त रुपमा खटिरहनुभएका एर्हेलको अभियानका क्रममा मृत्यु भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ । फ्रान्सको तल्लो सभाका सभामुख क्लाउनड बार्टोलनले भन्नुभयो । बार्टोलनका अनुसार उहाँ प्लाओजीमा निर्वाचन अभियानका क्रममा खटिनुभएको थियो ।


सन् २००७ देखि फ्रान्सको सांसद रहनुभएकी उहाँ संसदीय क्रियाकलापमा सधैँ लगनशील देखिनुहुन्थ्यो, समाजवादी नेता तथा राष्ट्रपति फ्रास्वाँ अलान्दले मृतक सांसदलाई स्मरण गर्नुभयो । एर्हेल म्याक्रोको निर्वाचन अभियानमा सक्रिय रुपमा लाग्नुभएको थियो । फ्रान्समा राष्ट्रपति निर्वाचनका लागि दोस्रो चरणको निर्वाचन आइतबार हुने कार्यक्रम छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.