logo

पाकिस्तानमा अब्बासी प्रधानमंत्रीमा चयन

      8/2/2017 गते 00 00 मा प्रकाशित     2509   पटक पढिएको

२०७४ श्रावण १८ । पाकिस्तानी संसद्ले पूर्व पेट्रोलियम मन्त्री साहिद खकान अब्बासीलाई प्रधानमन्त्रीमा चयन गरेको छ। गत शुक्रबार नवाज सरिफले राजीनामा दिएपछि रिक्त पदमा उनी निर्वाचित भएका हुन्। सम्पत्तिसम्बन्धी मुद्दामा अदालतले अयोग्य ठहर गरेलगत्तै सरिफले राजीनामा दिएका थिए। 

अब्बासी २ सय २१ सांसदको समर्थनमा करिब दुई महिनाका लागि प्रधानमन्त्रीमा चयन भएका हुन्। अब्बासीपछि नवाज सरिफका भाइ मुहम्मद शाहवाज सरिफ प्रधानमन्त्री बन्नेछन्। उनी हाल पञ्जाबका मुख्यमन्त्री छन्। 

संसद्को सदस्य नभएका सरिफ प्रधानमन्त्री बन्न नमिलेपछि अब्बासीले छोटो समयका लागि मौका पाएका हुन्। उनी नवाज सरिफका नजिकको  भएकाले प्रधानमन्त्री हुने अवसर पाएका हुन । उनले पार्टीमा छलफल गरी नयाँ मन्त्रिपरिषद् गठन गर्नेछन्।  दुई महिनाभित्र हुने उपनिर्वाचनमा नवाजका भाई संसद्मा निर्वाचत भएपछि उनलाई प्रधानमन्त्री बनाइनेछ। संसदमा उनको पार्टीका १ सय ८८ सांसद भएकाले उनी प्रधानमन्त्री निर्वाचित हुने निश्चित छ। 

संसद्मा हाल ३ सय ४२ सांसद छन्। पूर्वक्रिकेटर तथा प्रमुख प्रतिपक्षी दलका नेता इमरान खानले अब्बासी र सरिफको नियुक्तिको आलोचना गरेका छन्। इमरानले दुवैजना भ्रष्टाचारी भएको आरोप लगाउँदै मुद्दा दायर गर्ने बताए। यसअघि पाकिस्तानमा नवाज सरिफपछिको प्रधानमन्त्रीमा छोरी मर्याम सरिफलाई अघि सारिएको थियो। तर, गैरकानुनी वैदेशिक सम्पत्तिमा सरिफ, उनका तीन सन्तान र ज्वाइँको संलग्नताको आरोपमा शुक्रबार नवाज सरिफविरुद्ध अदालतले फैसला गरेको थियो। उनीहरूको लन्डनमा गैरकानुनी सम्पत्ति रहेको सन् २०१६ को अप्रिलमा ‘पनामा पेपर्स’ ले सार्वजनिक गरेको थियो। सरिफका दुई छोरा, छोरी र ज्वाइँको संलग्नताबारे अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। 

तीनपटक गरी सबैभन्दा बढी समय प्रधानमन्त्री बनेका सरिफ पूरा कार्यकाल भने पदमा टिकेनन्। सन् १९९० मा पहिलोपटक प्रधानमन्त्री भएका सरिफले भ्रष्टाचारको आरोपमा राजीनामा दिएका थिए। दोस्रो कार्यकालमा तत्कालीन सेना प्रमुखबाट  अपदस्थ भएका थिए भने पछिल्लोपटक गैरकानुनी सम्पत्तिसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएपछि राजीनामा गरेका हुन्। 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.