logo

जिप्टकोे सुरक्षा कारबाहीमा १४ विद्रोहीको मृत्यु, १४ जना पक्राउ

      11/29/2017 गते 00 00 मा प्रकाशित     1562   पटक पढिएको


काएरो, इजिप्ट, १२ मङसिर (रासस/सिन्ह्वा): इजिप्टको उत्तरपूर्वी इश्मालिया तथा सिनाई प्रान्तमा केही दिन पहिले एक मस्जिदमा भएको आतङ्ककारी आक्रमण पछि सरकारी प्रहरी र सेनाले गरेको सुरक्षा कारबाहीमा १४ जना विद्रोहीको मृत्यु भएको छ भने १४ जनालाई सुरक्षा नियन्त्रणमा लिइएको सेनाले मङ्गलबार जारी एक वक्तव्यमा जनाइएको छ ।  

गत शुक्रबार उत्तरी सिनाइ राज्यको एक गाउँमा ३०५ जनाको ज्यान जाने गरी विस्फोट गराएपछि सञ्चालन गरिएको सुरक्षा कारबाहीमा आतङ्ककारीले आश्रयस्थल बनाई बसेको क्षेत्रबाट ठूलो पैमानामा हतियार, विष्फोटक पदार्थ तथा बन्दोबस्तीका सामग्रीलाई नियन्त्रणमा लिइएको बताइएको छ । उक्त आक्रमणमा १२८ जना घाइते भएका थिए । 

गृह मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिनाइ तथा इश्मालिया राज्यमा गरिएको खानतलासीमा ११ जना सशस्त्र विद्रोहीको मृत्यु भएको छ । त्यसैगरी देशका अन्य भागमा अन्य तीन जनाको मृत्यु भएको छ । उक्त अभियानमा १४ जना विद्रोहीलाई सुरक्षा नियन्त्रणमा लिइएको छ ।” 

विद्रोहीले राज्य विरुद्ध आक्रामक हिंसाको तयारी गरेको उक्त आश्रयस्थललाई सेनाले ध्वस्त पारिदिएको दावी गरेको छ । शुक्रबारको आक्रमणको कुनै पनि समूहले जिम्मा नलिएपनि सरकारले इश्लामिक स्टेटसँग निकट सिनाइस्थित क्षेत्रीय आतङ्कवादी समूह नै घटनाको योजनाकार रहेको बताउदै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.