logo

स्पेनमा नेपाली राजदुतको सक्रियता बढ्दो

      3/2/2018 गते 00 00 मा प्रकाशित     2071   पटक पढिएको

स्पेन,१८ फागुन । स्पेनका लागि नेपाली राजदूत भरत बहादुर रायमाझीले कुटनीतिक भेटघाटलाई ब्यापक बनाएका छन ।

 

राजदुतावासको काम कर्तव्य सुरू गर्नुपर्ने चटारोका बावजुद महामहिम राजदुत रायमाझीले स्पेनको उच्च तहमा कुटनीतिक छलफललाई तिव्रताका साथ बढाएका छन । उनले यसक्रममा स्पेनको विभिन्न प्रान्तिय सरकारका उच्च प्रतिनिधिहरू संगको भेटघाटले गति लिएको छ ।

 


 राजदुत रायमाझीको आगमन संगै नेपालीहरू संगको भेटघाट तथा छलफल पछि नेपालीहरूलाई आईपर्ने समस्याहरु र नेपाल स्पेनको मित्रवत ब्यवहारमा सधैं हात्तेमालो गर्दै सहकार्य गर्न नेपाल आतुर रहेको भनेर विश्वस्त समेत पारेका छन ।

 

स्पेनमा आफ्नो ओहोदाको प्रमाणपत्र परराष्ट्र मार्फत राजालाई बुझाए लगतै आफ्नो काम कर्तव्यलाई प्राथमिकतामा राख्दै कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउदै उनले लगेका छन।

 


यसै क्रममा स्पेनको पाईस भास्को प्रान्तीय सरकारका अन्तराष्ट्रीय सम्बन्धका निर्देशक (परराष्ट्र मंत्री) लेईरे मादारिआगा गांगोईती र खुआन आगुआडो उर्किओला भेटघाट गरेका छन्।नेपालका हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको र सो का लागि छिट्टैनै एउटा बिशेष बैठक गर्नका लागि पाईस भास्को आतुर रहेको कुरा प्रान्तीय सरकारका अन्तराष्ट्रीय सम्बन्धका निर्देशक (परराष्ट्र मंत्री) लेईरे मादारिआगा गांगोईतीले बताइन ।

 

स्पेनको पाईसभास्को प्रान्तिय राज्यमा पाँच देखि छ सय जनाको बसोबास रहेको र नेपालीहरूले अहिले सम्म कुनैपनि नराम्रो गतिविधि नगरेकोमा खुशि ब्यक्त गर्दै राजदुत रायमाझीलाई परराष्ट्रमन्त्री लेईर मादारिआगा गांगोईतीले बताउँदा राजदुतले खुशी ब्यक्त गरेका थिए ।

 


सो भेटघाटमा समाजसेवी तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि एवं एनआरएनए युरोप उप(संयोजक एकराज गिरी पनि सहभागि थिए । नेपालका स्पानिस मित्र मियान भिन्यास पातो र युरोप उप(संयोजक एकराज गिरीको पहलमा सो भेटघाट तय गरिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.