logo

सेल्फी खिचेको निहुमा मलेशियामा एक नेपाली युवा हिरासतमा ,दुतावाससंग गुहार 

      3/9/2018 गते 00 00 मा प्रकाशित     1652   पटक पढिएको

काठमाडौ  २५ फाल्गुन । 

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुर -नगरी सेम्बिलान, सेरेम्बान (दुई )(Seremban 2) स्थिति कार्कोसा आवासीय क्षेत्रमा (Carcosa Residentail Area) बिगत लामो समय देखि सुरक्षा गार्डमा बल बहादुर शाहीले काम गर्दै आएका छन्।

नेपाल बाँके जिल्ला कोहपुर नगरपालिका, गाभर का बल बहादुर शाहीले पाँच बर्षिया बालिका सङ्ग संगै काखमा राखेर तस्बिर (सेल्फी)लगेकै कारण हाल मलेशिया स्थित पुलिस हिरासतमा छन् ।
उनले काम गर्ने अपार्टमेंटमा ड्यूटी समयकै क्रममा उक्त एरियामा सुरक्षाको लागी गस्ती गर्दै जादा अपार्टमेंट बाहिर रोडमा खेलिरहेको बच्चाले एक्कासि अंकल भन्दै आएपछि, उनले आफ्नो छोरीको जस्तै माया गरेर तस्बिर(सेल्फी)लगेका थिए।

उक्त सेल्फी लिएकै कारणवश बालिकाका पिताले बल बहादुर शाहीलाई पुलिस रिपोर्ट गराएर गिरफ्तार गरेका छन्। बल बहादुर शाहीले हाल आएर कठोर खालको झुट्टा मुद्दाको सामाना गर्नुपरेको छ।

दुई हप्ता हुदासम्म विना कारण आफन्त र घर परिवार लाई कुनै जानकारी नगराई हिरासतमा राखिएको र झुट्टा मुद्धा लगाउने तयारी गरेको छ ।मुद्धा लगाएर जेल चलान हुन सक्ने त्यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ।

पीडित शाही लाई स्थानीय भाषाको राम्रो जानकारी नहुनु र त्यहाँको कानुन बारे अनविज्ञका कारण उनलाई झुट्टा मुद्दा लगाएर फसाउन खोजिएको भनी पीडितका आफन्तले सम्बंधित पक्ष “नेपाली दूतावास”मलेसिया र अन्य संघ-संस्था लाई सहयोगका लागि अपिल समेत गरेका छन।

उनी कैलास म्यानपावर मार्फत ( RL KAWALAN PRO ) SDN. BHD, सेक्युरेटी कम्पनीमा आएका हुन। सेक्यूरेटी कम्पनीले उनलाई छुंटाउन पहल गरे पनी केही परिणाम निकाल्न सकेको छैन।

हाल मलेशियामा कार्यरत नेपालीहरुले यस्ता कैयौ झुट्टा मुद्धा , हत्या हिंसा, लुटपाट, र बलत्कार जस्ता घटनहरुको सामाना गरिरहेको अबस्थामा नेपाली दुतावासले सन्तोषजनक काम गर्न सकिरहेको छैन्।त्यसर्थ सोही डरका कारण ,उहाँका आफन्त र परिवारजनले नेपाल सरकार , मलेशिया स्थिति दुतावास एवं संघ-संस्था संग सहयोगको लगि सार्वजनिक अपिल समेत गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.