logo

मलेसियाको  सारावकमा रहेको ब्यापारिक केन्द्रमा बिष्फोट तीनको ज्यान गयो

      12/5/2018 गते 00 00 मा प्रकाशित     1339   पटक पढिएको

काठमाण्डौ १९ मंसीर ।
मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा भएको शक्तिशाली विस्फोट परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन । 
 ग्यास ट्याङ्कीमा चुहावट भएका कारण बिष्फोट भएको भएको मलेसियाको सरकारी संचारमाध्यमले जनाएका छन । 

सारावाक राज्यको राजधानी कुचिङको अग्नी नियन्त्रण विभागका प्रमुख वान अब्दुल मुबिनले एएफपीलाई दिएको जानकारी अनुसार घटना ग्रीनवीच समय अनुसार विहान ७ ः३७ मा भएको थियो । 

विभागले घटनाबारे जानकारी प्राप्त गरे लगत्तै ३९ जनाको अग्नी नियन्त्रक टोली घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको उनले बताए। विगत केही बर्ष यता त्यस शहरमा यस किसिमको विस्फोट भएको थिएन र मङ्गलबारको घटनाबारे अनुसन्धान भइरहेको छ । विष्फोटमा कुनै वमको प्रयोग नभएको प्रारम्भीक अनुसन्धानबाट थाहा हुन आएको छ ।” 

वान अब्दुलले भने, “घटना तीन जनाको मृत्यु भएको छ २४ जना घाइते भएका छन् । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ ।” 

विष्फोट पुननिर्माण भइरहेको भवनको भुईंतलामा रहेको भण्डारमा भएको वान अब्दुलले जानकारी बताए। 

घटनापछि उक्त स्थानमा खिचिएको सञ्चारमाध्यमबाट प्रशारित भिडियोमा भवनको भण्डार रहेको कोठा पूर्णरूपमा क्षति भएको र केही व्यक्ति सहयोगका लागि चिच्याइरहेको देखिएको छ । यसबारे थप विवरण अनुसन्धानपछि आउने अधिकारीहरूले जनाएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.