logo

नागरिकता बिधयक बिरुद्ध पूर्वोत्तरमा आन्दोलन आसाममा कफ्र्यू ,सम्बैधानिक इतिहासकालागि कालो दिनः गाँधी

      12/12/2019 गते 00 00 मा प्रकाशित     893   पटक पढिएको

नयाँ दिल्ली २६ मंङसीर । हिजो बुधवार जब राज्यसभामा नागरिकता संशोधन बिधयक पारित हुदै थियो त्यही समय आसामका केही शहरहरुमा संशोधन बिधयकका बिरुद्धमा भइरहेको प्रदैशनमा हिंसामा परिणत भयो । 

संसदमा बुधवार नागरिकता संशोधन विधेयक स्वीकृतिको बिरोधमा जारी प्रर्दशनलाई ध्यान दिदै आसामको राजधानी गुवाहाटीमा अ अनिश्चिकालीन कर्फ्यू घोषणा गरिएको छ ।  त्रिपुरा में आसाम राइफल्सको अद्र्धसैनीक बल तैनाथ गरिएको छ 

पूर्वोत्तरका अन्य राज्यहरुमा पनि संशोधन बिधयक बिरुद्ध प्रर्दशन भइरहेको छ । नागरिकता संशोधन बिधयकलाई भारतको लोकसभा र राज्यसभाले पारित गरेको छ । आसाम सहित पूूर्वोत्तर राज्यमा कानून्ी ब्यवस्था कायम राख्नकालागि  अर्द्धसैनिक बलका पाँच हजार जवान परिचालन गरिएको छ । बिधयकका बिरुद्ध ठुलो संख्यामा आसामीहरु सडकमा उत्रिएका छन ।  
आसाममा प्रर्दशनकारी र प्रहरीकावीचमा झडप भएको छ । जसले राज्यमा अराजकताको अवस्था पैदा गरेको । यो प्रर्दशनमा कुनै दल वा छात्र संगठनको आव्हानमा भएको छैन। प्रर्दशनमा  स्वस्फूर्त नागरिकहरु उत्रिएका छन ।  

प्रर्दशनमा धेरै जसो बिद्यार्थीहरु रहेका छन । प्रहरीसंग उनीहरुको झडप भइरहेको छ । भिडलाई तितर बितर गर्न प्रहरीले प्रर्दशनकारीहरु उपर अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेको छ । 
आसाम सरकारले हिजै कानून ब्यवस्था बनाई राख्नकालागि सामाजिक संजालको दुरुपयोग रोक्न बन्दै राज्यका १० जिल्लामा सात बजेदेखी २४ घण्टाकालागि  इंटरनेट सेवामा रोक लगाएको छ । 

कामरूप (मेट्रो) लखीमपुर, धेमाजी, तिनसुकिया, डिब्रूगढ़, चराइदेव, शिवसागर, जोरहाट, गोलाघाट और कामरूप  जिल्लामा  यन्टरनेट सोवमा रोक लगाइएको हो । 

इंडियन एक्सप्रेसका सम्वाददातका अनुसार डिब््रुगढमा मुख्यमंत्री सर्बानन्द सोनोवालको घरमा प्रर्दशनकारीले ढुङ्गा हानेको र सासद  र राजयमंत्री रामेश्वर तेलीको घर घेराउ गरेको एक बरिष्ठ अधिकारीले बताएका छन । प्रहरी र  प्रर्दशनकारीकावीचमा त्यस क्षेत्रमा भएको झडपमा १० ÷१२ जना प्रर्दशनकारीलाई चोट लागेको छ । 

यसका अलावमा राज्यका अन्य भागमा पनि नागरिकता संशोधन बिधयक बिरुद्ध प्रर्दशनहरु भइरहेका छन । प्रर्दशनकारीहरुले सडकमा टायर जलाएका छन । सडकमा गुडेका सवारी साधनहरुमा आगो लगाएका छन । ठाउँ ठाउँमा प्रर्दशनकारीहरुको सेना संग समेत झडप भइरहेको छ । 


एक रिपोर्टका अनुसार, अतिरिक्त डीजीपी (कानून र व्यवस्था) मुकेश अग्रवालले  गुवाहाटीमा  अनिश्चितकालीन कर्फ्यू लगाइएको बताउनु भयो ।  सेना के एक प्रवक्ताका अनुसार सेनाले छिटै  फ्लैग मार्च गर्नेछ ।

राष्ट्रीय राजधानी नई दिल्लीको में जंतर मंतरमा पनि विधेयक विरोधी प्रदर्शन भएको छ ।  यसैवीच कांग्रेस अध्यक्ष सोनिया गाँधीले नागरिकता संशोधन बिधयक पारित हुनु भारतको सम्बैधानिक इतिहासकालागि कालो दिन भएको ठहर गर्दै “ बिधयक भारतको त्यो सोचको लागि चुनौती हो जसकोलागि राष्ट्र निर्माताहरु लडेका थिए । उहााले कांग्रेसले भाजपाको बिखण्डनकारी ऐजेण्डको बिरुद्ध संघर्ष जारी राख्ने बतानउनु भयो ।उहाँले नागरिकता संशोधन बिधयक पारितले बहुलवाद माथि कट्टरवादको जीतको संज्ञा दिनु भयो । उहाँले बिधयकका कारण धर्म राष्ट्रीयताको पहचिान हुने भन्दै यसले अशांत,बिकृत र भारतलाई बिभाजीत गर्ने बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.