logo

तेलंगाना बिधान सभामा नागरिकता कानूनमा छलफल मुख्यमंत्री भन्छन मेरै जन्मप्रमाण पत्र छैन

      3/10/2020 गते 00 00 मा प्रकाशित     887   पटक पढिएको

हैदराबाद २७ फाल्गुण । तेलंगानाका मुख्यमंत्री  के चंद्रशेखर रावले आफूसंग आफनो जन्म प्रमाण पत्र नभएको र यस्तो अवस्थामा आफनो पीताको कागजपत्र काहा बाट ल्याउने भन्दै प्रतिप्रश्न गर्नु भएको छ । 
नवभारत टाइम्सको रिपोर्टका अनुसार , मुख्यमंत्री रावले तेलंगाना बिधानसभालाई सम्बोधन गर्ने क्रममा नागरिकलाई  नागरिक संशोधन कानून (सीएए), राष्ट्रीय जनसंख्या रजिस्टर (एनपीआर) र राष्ट्रीय नागरिकता रजिस्टर (एनआरसी) जर्वजस्त किन लाद्न खोजिएकोमा आश्चर्य ब्यक्त गर्नु भएको हो

रावले  राष्ट्रीय जनसंख्या रजिस्टर (एनपीआर) को नयाँ प्रारूपका बारेमा चर्चा गर्दै भन्नु भयो “जव म संग जन्म प्रमाणपत्र छैन  अनी मैले मेरो बुबकाको जन्म प्रमाण पत्र काहाबाट ल्याउने । यो मेरो लागि पनि चिन्ताको कुरा हो । म गाउँमा जन्मेको मान्छे त्यतीबेला कुनै अस्पताल थिएन । गाउँ बुझेका मान्छेले जन्म पात्रो लेखिदिन्थे त्यसमा आधिकार छाप पनि लगाइदैन्थ्यो । 
उहाँले भन्नु भयो “म जन्मिदा ५ सय ९० एकड जमिन थियो एउटा महल पनि थियो मैले आफनो जन्म प्रमाणपत्र पेश गर्न सक्दिन भने दलीत आदिवासी र गरिवले जन्म प्रमाणपत्र काहा बाट ल्याने  । 
मुख्यमंत्री रावले सम्बिधानले देशका हरेक नागरिकलाई बराबरको अधिकार दिएको चर्चा गर्दै अहिले ल्याउन खोजिएको कानून सम्बिधानको मूल भावना बिपरित रहेको बताउनु भयो । उहाँले तपाई खास कुनै एक धर्मको साथ कसरी भेदभाव गर्न सक्नुहुन्छ ? कुनै पनि सभ्य समाजले यस्तो  कानूनलाई सहन गर्न गर्न नसक्ने बताउनु भयो ।   संयुक्त राष्ट्र लगायतका संसार भरी यिनै कानूनको बिषयलाई लिएर चर्चा भइरहेको छ । हामी यही देशका हिस्सा हौ हामी शान्त रहदैनौ हाम्रो सीमामा रहेर जे गर्न सकिन्छ त्यो गर्छौ भन्दै मुख्यमंत्री रावले आफूहरु कोहीसंग नडराउने बताउनु भयो ।  

उहाँले तेलंगाना राष्ट्र समितिका आफना केही  प्राथमिकता र  सिद्धांत छन त्यो संग तेलगंनाले कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउनु भयो । 

मुख्यमंत्री रावले सदनमा यो मुद्धामा भरपुर बहस गरेपछि संकल्प प्रस्ताव पारित गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो त्यो संकल्प प्रस्तावले पुरा देशलाई यि कानूनको बिषयमा एउटा मजवुत सन्देश दिन सकोस किन भने यो बिषय देशको भविष्य सम्बिधान र दुनियमा उसको कदसंज जोडिएको छ । उहाँले यस्तै कानूनका कारण देको सम्मान कम हुदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो “ हामी यही देशको हिस्सा हौ आफनो सीमामा बसेर हामी लडाई जारी राख्छौ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.