logo

गरिव देशका नागरिक कोरोनोबाट सबभन्दा बढी प्रभावित हुने डब्ल्यूएचओ प्रमुखको चेतावनी

      3/23/2020 गते 00 00 मा प्रकाशित     932   पटक पढिएको

बीरगंज ११ चैत ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस संक्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै संसारलाई नै सचेत हुन आग्रह गरेका छन । 
बीबीसीका अनुसार कोरोना भाइरस (कोभिड १९)  कोरोनाको पहिलो संक्रमण भेटिएको ६७ दिनपछि एक लाखमा संक्रमण पाइएको थियो। अर्को ११ दिनमा थप एक लाख मान्छेमा संक्रमण देखियो । २ लाखमा संक्रमण पुगेको चौथो दिनमा संक्रमीतको संख्या ३ लाख पुगेको सन्दर्र्भमा बिश्व स्वास्थ्य संगठनका प्रमुखले संसारलाई नै सचेत हुन आग्रह गर्नु भएको हो । 

उहाँले मानिस वीचमा सम्र्पक हुन नहुने ,कोरोना नियन्त्रणको परिक्षणलाई तिब्रता दिनु पर्ने यसो गर्न सकिएमा प्रकोपको गतिलाई परिर्वतन गर्न सकिने बिश्वास समेत ब्यक्त गर्नु भएको छ । 

उहाँले विश्वका गरिब देश तथा जोखिममा रहेका मानिस यो भाइरसबाट सबभन्दा नराम्ररी प्रभावित हुने चेतावनी दिनु भएको छ । 

 विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारी को संज्ञा यसअघि नै दिइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ।

‘प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु यो भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुन्छ,’ टेड्रोसले भन्नु भएको छ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार पाँच सय ५३ पुगेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.