logo

ब्रिटेनका राजकुमार कोरोनाबाट संक्रमीत,बंग्लादेशमा पूर्वप्रधानमंत्री जिया जेल बाट रिहा

      3/25/2020 गते 00 00 मा प्रकाशित     1209   पटक पढिएको

बीरगंज १३ चैत । कोरोना भाइरसको संक्रमणको कारण बांग्लादेशले पूर्व प्रधामंत्री तथा प्रमुख प्रतिपक्षी दलका नेता बेगम खादिा जियालाई छ महिनाकालागि जेलबाट मुक्त गरेको छ । उता ब्रिटेनका राजकुमार चाल्र्स भने कोरोना भाइरसबाट संक्रमीत हुनु भएको छ । 

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बांग्लादेश नेशनलिस्ट पार्टी की प्रमुख जिया ७४ वटा भ्रष्टारका मुद्धामा १७ वर्षकोलागि जेल सजाय फैसला भएको छ । उहाँ  २०१८ मा जेल पर्नु भएको थियो । 

बांग्लादेशका  गृह मंत्री असद उज़ ज़मांले  प्रधानमंत्री शेख हसीनाले स्वीकृति दिएपछि मानवताको आधारमा बुधवार केही शर्तहरु सहित जियालाई रिहा गरिएको जानकारी दिनु भयो । 

समाचार एजेंसी पीटीआईका अनुसार  बांग्लादेशमा  कोरोना भाइरसको संक्रमणले अहिले सम्म पाँच जनाको श्ज्यान गएको छ । सरकारले बंग्लादेशमा पनि बन्दको घोषणा गरेको छ । 

प्रिंस चार्ल्स कोरोना  संक्रमित 
ब्रिटेनका राजकुमार  चार्ल्स बुधवार कोराना भाइरसबाट संक्रमीत भएको पुष्टि भएको छ । उहाँको कायाृलयले यो कुराको पुष्टि गरेको हो । 
क्लेरेंस हाउस कार्यालयले  महारानी एलिजाबेथका सबै भन्दा ठुला छोरा राजकुमार चाल्र्स मा हल्का लक्षण देखिएको छ भनेको छ । 

टेलीग्राफका अनुसार राजकुमार चाल्र्स की पत्नी कैमिला को कोरोना भाइरस जाँचमा नेगेटिभ देखिएको छ । दुबै जना स्कटलैण्डमा आसोलेशनमा बस्दै आउनु भएको छ ।  

स्काई न्यूजको रिपोर्टका अनुसार पुरै ब्रिटेनमा आज लकडाउनको तेश्रो दिन हो । बुधवार बेलुका सम्म ब्रिटेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या भने ४ सय २४ पुगेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.