logo

स्पेनमा शवसंगै रात बिताउछन जेष्ठनागरिकहरु

मनिषा लामिछाने 

      3/26/2020 गते 00 00 मा प्रकाशित     887   पटक पढिएको


स्पेन १३ चैत। नोवेल कोरोना भाइरस (कोभिड१९) का कारण स्पेनका बद्वबृद्वाहरूले आश्रममा शव संगै रात विताउने गरेका छन् ।


कोरोना भाइरसको महामारीले विशेषगरी बृद्वाश्रमहरूमा ठूलो संख्यामा मानविय क्षति पुर्याएको छ ।
मार्च १६ मा राजधानी म्याड्रिडको एक “मोन्ते एर्मोसो” नामको बृद्वाआश्रममा एकै दिन २० जनाको मृत्यु भयो ।

 
स्पेनमा  बृद्वाआश्रमहरुमै बढी मृतकको संख्या  देखिएको छ। तथ्यांक अनुसार मृतकहरु मध्य ८७दशमलव ५० प्रतिशत ७० बर्ष भन्दा बढी उमेरका र दिर्घरोगी भएको बताइएको छ ।  ३७ देखि ३९ वर्षिय स्पेनी सुरक्षाकर्मीहरुको समेत मृत्यु भएको छ ।  करिब २ हजार जना स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएको कुरा  पुष्टि भएको छ।

९ फेब्रुअरीमा  मायोर्कामा पहिलो ब्यक्तिलाई कोरोन भाइरस पोजिटिभ भेटेपछि २४ फेब्रुअरीमा कानारिया टापुको तेनेरिफेमा दोस्रो संक्रमित ब्यक्ति   फेला परेको थियो ।  स्पेनकै भ्यालेन्सिया शहरमा १३ फेब्रुअरीमा नेपाल भ्रमण गरेर फर्किएका स्पेनी नागरिकको ३ मार्चमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गर्दै खबर सार्वजनिक भएको थियो ।

स्पेनमा सबै शहरहरुको तुलनामा राजधानी म्याड्रिडमा सबैभन्दा बढी संक्रमित र मृत्युदर उच्च रहेको छ। संक्रमित र मृत्युदर दिनानुदिन बढ्दै गएपछि सरकारले पुन थप २२ मार्चको दिन थप १५ दिनको लागि संकटकाल बढाउने  प्रधानमन्त्री पेद्रो सान्चेसले एक टेलिभिजन कार्यक्रममा बताएका छन् ।

 संक्रमीतहरूको उपचारमा खटीने स्पेन स्वास्थ्यकर्मी बढी मात्रामा संक्रमित हुने देशमा पहिलो नम्बरमा परेको छ  । स्पेनमा  १३दशमलव५ प्रतिशत स्वास्थ्यकमी संक्रमीत भएका छन  । कोरोना भाइरसको सुरू भएको चीनमा जम्मा ४ प्रतिशत स्वास्थ्यकर्मिहरु संक्रमित भएक थिए भने इटलिमा ९ . ५ प्रतिशत छन। 

 स्पेनमा मंगलबार र बुधबार २४ घण्टामा ७३८ जनाले ज्यान गुमाए संगै आज सम्म ३ हजार ६ सय ४७ जनाले ज्यान गुमाई सकेका छन् ।
अहिले सम्म जम्मा संक्रमितको संख्या ४९ हजार ५सय १५ जना छन् । उपचारपछि निको भई  ५ हजार ३ सय ६७ जना घर फर्किएको जनाइएको छ ।
मृत्यु संग ३१ सय ६६ जनाले संघर्ष गरि रहेका छन् । स्पेनका रक्षामन्त्री मार्गरिता रोब्लेले बृद्धाश्रमहरूमा बूढाबूढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सामुहिक रूपमा ज्यान गुमाएको डरलाग्दो खुलासा गरेपछि आश्रमहरूमा  सुरक्षाफौजले ब्यापक छापा मारेर सर्च अभियान चलाएको बताइएको छ । 


स्पेनमा नेपालीहरू सुरक्षित छन ः दावाफुटी शेर्पा
स्पेनमा फैलिएको कोरोना भाइरसबाट अहिले सम्म कोहि पनि नेपाली संक्रमित नभएको राजदुत शेर्पाले बताउनु भयो।
राजदुत शेर्पाले स्पेनमा भएका सबैलाई सुरक्षित घरमै बस्न र संक्रमित भए नियोगमा खबर गर्न सुचना प्रवाह भैईरहेको बताउनु भयो ।एनआरएनए ग्रान क्यानरियाका निवर्तमान अध्यक्ष गगन कुवँरले नेपालीहरुलाई समस्या परेको सूचना मिलेमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै 


स्पेन पर्यटन प्रतिनिधि एकराज गिरीले नेपाली समुदायहरूलाई घरमै बसेर स्पेन सरकारलाई सहयोग गरि आफ्नो स्वाथ्यको ख्याल गर्न अनुरोध गर्नु भएको छ । 


यस्तै क्षेत्री समाज स्पेनका संयोजक सोनु राउतले  नेपालीहरूले आपत विपतमा हो प्रवासमा सहरा खोज्ने हो त्यसका लागि आफुले संस्थागत रूपमा अभियान चलाएको दावी गर्नु भयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.