logo

बिहारमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा, स्थानीयबाट स्थानीयमै संक्रमण फैलिन थाल्यो

      3/29/2020 गते 00 00 मा प्रकाशित     942   पटक पढिएको

बीरगंज १६ चैत । 
२३ मार्च देखी २१ मार्चको बीचमा बिहारमा  कोरोना भाइरसको संक्रमणको शंकामा ३१ जनाको स्वाबको नमुना परिक्षण भएको थियो  त्यसमा कोरोना संक्रमीतको संख्या शून्य थियो ।  


२२  मार्च देखी २७ मार्चको  वीचको  ६ दिनमा ५ सय ४४  नमुना परिक्षण गरिएको थियो जसमा ९ जनामा कोरोना संक्रमण फेला परेको थियो । त्यस मध्य धरैजना पटनाका थिए । 


पटनामा ४ जना ,मूगेर ३ नालंदा र सीवानका एक एक जना  जना कोरोना संक्रमीत रहेको फेला परेका थिए । यस मध्य चार जना यस्ता थिए जसमा एउटै ब्यक्तिका कारण संक्रमण फैलिएको थियो ।

कतारबाट १२ मार्चमा मुगेर फर्किएका ३८ वर्षिय सेफको किडनीमा समस्या देखिएको थियो । किडनीको उपचारकालागि उहाँलार्इ मुगेर देखी पटनाका बिभिन्न अस्पतालमा भर्ना गरियो ।

 

तर उहाँलाई कही पनि कोरोना संक्रमणको परिक्षणकोलागि सिफारिश गरिएको थिएन । जव ति सेफलाई पटनाको एम्स अस्पतालमा भर्ना गरिएको थियो त्यसको एक दिन पछि मात्र उहाँको स्वाव परिक्षणकोलागि पटना कै  राजेंद्र मेमोरियल रिसर्च इंस्टीट्यूट पठाइएको थियो । रिपोर्ट आउनु भन्दा पहिलानै उहाँको ज्यान गयो । 

मर्नु भन्दा पहिला सेफ ले कम्तिमा ६ दर्जन मान्छेहरुसंग भेटघाट गर्नु भएको थियो । यि सबैको स्वाब परिक्षणकोलागि पठाइएको थियो । जसमध्य ४ जनामा कोरोेना भाइरसको संक्रमण पुष्टि भएको छ ।जस मध्य दुई जना सेफका नातेदार हुन । 

बिहार स्वास्थ्य बिभागका अधिकारीका अनुसार ९ मध्य पाँच मान्छेमा संक्रमण बिदेशबाट आएका संक्रमीत बाट फैलिएको हो । यस प्रकारको संक्रमणलाई स्थानीय संक्रमण भनिन्छ ।जसलाई संक्रमणको दोश्रो चरण पनि भनिन्छ ।बिज्ञहरुका अनुसार यो संक्रमणलाई यही चरणमा रोक्न नसक्ने हो भने यसलाई सामुदायिक स्तरमा फैलनबाट रोक्न मुस्किल हुनेछ ।

बिहारमा दिन दिनै बढीरहेको कोरोना भाइरस संक्रमणका घटनाले त्याहको अवस्था भयावह हुने संकेत गरेको छ । तर बिहार सरकारको तयारी भने चित्त बुझ्दो छैन ।

पर्याप्त आइसोलेशन वार्ड,सुरक्षा उपाय त टाढाको कुरा कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न चिकित्सकहरुले आफूहरुले आधारभूत सुरक्षाका कुराहरु मास्क सेनीटाइजर समेत उपलब्ध नभएको बताएका छन ।

भागलपुरको जवाहर लाल नेहरू चिकित्सा महाविद्यालयका  इन्टर्नले कोरोना भाइरसका  संदिग्ध बिरामीको उपचारकालागि एन ९० मास्क  पर्सनिल प्रोटेक्टिव इक्विपमेंट (पीपीई)को माँग गरेका छन ।

 

 तर अस्पताल प्रवन्धकले लिखित निर्देशन जारी गर्दै बिरामीको उपचारकालागि इंडियन मेडिकल काउंसिल आफ मेडिकल रिर्सचको प्रोटोकल अनुसार एन ९० र पिपीइको आवश्यकता नरहेको बताएका छन । यद्धपी कनिष्ठ चिकित्सकहरुको आक्रोश पछि भने एन ९० मास्क र दुई किट उपलब्ध गराएको छ । 

जवाहर लाल नेहरू चिकित्सा महाविद्यालयका  जूनियर डॉक्टर अमित आनंदले अस्पतालमा लगभग १ सय कनिष्ठ चिकित्सकहरु कार्यरत रहेको बताउनुहुन्छ । यद्धपी उनीहरुको डिउटी आइसोलेशनमा वार्डमा छैन ।इमरजेन्सी र अन्य बिभागमा पनि बिरामीहरु आउछन उनीहरुमा कोरोनाको संक्रमण छ या छैन हामी जानदैनौ त्यसैले संक्रमणको खतरा रहन्छ ।


बिहार सरकारका तर्फबाट कोरोना अस्पताल घोषित गरिएको नालंदा मेडिकल कॉलेज एवं अस्पताल (एनएमसीएच)का ८३ कनिष्ठ चिकत्सिकले यस भन्दा अघिनै २३मार्चमा अस्पताल ब्यवस्थापकलाई पत्र लेखेर दुई हप्ताकोलागि आफूहरुलाई क्वारेन्टाइनमा राख्न माँग गरेका थिए । 

एनएमसीएचमा कोरोना भाइरसबाट संक्रमीत ७ जनालाई भर्ना गरिएको  छ । जव की १ सय बिरामीका भाइरसको लक्षण देखिएको छ ।

 

चिकित्सकहरुले अस्पताल ब्यवस्थापनका तर्फबाट आफूहरुलाई मास्क सेनीटाइजर र पिपीई दिइएको छैन जसका कारण  कोरोना भाइरसबाट संक्रमीतहरुको उपचार गर्दा  आफूहरुमा पनि संक्रमणको लक्षण देखा पर्न थालेको बताएका छन ।

२३ मार्चको पत्रको  जवाफ नपाएपछि २५ मार्चमा कनिष्ठ चिकित्सकहरुले स्वास्थ्य बिभागका प्रमुख सचिवलाई पत्र लेखेका थिए । १५ जनवरी पछि बिहारमा  १६ हजार ६ सय ४७ ब्यक्तिहरु हवाईसेवा प्रयोग गरेर बाहिर बाट आएको बताइन्छ ।

 

यस मध्य धेरै सख्या बिहार सरकारको पहिचान भन्दा बाहिर रहेको छ । बिदेशबाट आएका सैयौ ब्यक्तिको पहिचान हुन नसक्नु नै ठुलो चुक हुन गएको बिज्ञहरुले टिप्पणी गरेका छन । मूगेरका सभिलि सर्जन डा. पुरुषोत्तम कुमारका अनुसार सेफ जव कतारबाट फर्किएका थिए त्यतीबेला  सरकारको तर्फबाट हामीलाई त्यस्तो कुनै निर्दैश आएको थिएन ।

 

सेफको रिर्पोट पोजिटिभ आएपछि गाउँलाई नै सील गरिएको उहाँले बताउनु भयो । र गाँउमा प्रशासनले सबै किसिमको सुविधा उपलब्ध गराएको उहाँले बताउनु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कवि विप्लव प्रतीकको हाइकु संग्रह ‘शाडेनफ्रोएडा’को बीरगंज लाकार्पण,

वीरगञ्ज । कवि विप्लव प्रतीकद्वारा लिखित ‘शाडेनफ्रोएडा’ नामक कृतिको “वीरगञ्ज लोकार्पण”सामेवार बीरगंजमा गरिएको छ । पाठशाला नेपाल र ज्ञानदा एकेडेमीको संयुक्त आयोजनामा लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.