logo

भारतमा मुम्बई बन्दैछ कोरोना भाइरस संक्रमणको इपिसेन्टर

      4/7/2020 गते 00 00 मा प्रकाशित     1305   पटक पढिएको

नयाँ  दिल्ली २६ चैत ।

भारतको आर्थिक राजधानी भनेर चिनिएको मुम्बई अहिले कोरोना भाइरस संक्रमणको थलो बन्दै गएको छ। अहिलेसम्म  महाराष्ट्रमा कोरोना भाइरस संक्रमित बिरामीको  संख्या १ हजार १८ पुगेको छ । ६४ जनाको ज्यान गइसकेको छ ।

 

७९ उपचार पछि ठिक भएका छन ।  मुम्बई पछि तामिलनाडु र त्यसपछि दिल्लीमा संक्रमणको संख्या अधिक छ । भारतमा  ५ हजार ३ सय ५१ जना संक्रमीतको संख्या पुष्टि भएको छ । 

मुब्वईमा करिब ५ हजारलाई क्वारेन्टिमा राखिएको छ । महाराष्ट्रमा मेडिकल टिम क्लष्टर‚ नियन्त्रण एक्शन प्लानमा काम गरिहेको छ।

 

यसले सर्वेक्षण पनि सँगै गरिरहेको छ। अहिलेसम्म राज्यमा  भने ४२ हजार ७ सय १३ जना होम क्वारेनटाइनमा र १ हजार ९ सय १३ जना सरकारको रेखदेखमा क्वारेनटाइनमा रहेका छन्। मुम्बईमा कामकालागि कयौं विदेशी आउने गर्दछन् भने मुम्बईका जनता पनि कामका लागि बाहिर जाने गर्दछन्।

यी यात्रीकै कारण मुम्बईमा मार्चमा कोरोना संक्रमित एक व्यक्ति फेला पर्‍यो। सो व्यक्तिले नै पुरै मुम्बईमा फैलाएको पाइएको छ।

 

कोरोना संक्रमण रोक्न महाराष्ट्र सरकारले मुम्बईलाई लकडाउन घोषणा गरेको छ। यहाँ दैनिक हजारौं मजदुर रेल र सार्वजनिक यातायातमा काम गर्दथे। रेल र सार्वजनिक यातायात मार्फत आउने जाने मानिसहरु पनि मुम्बईमा अहिले अलपत्र परेका छन्।

उनीहरुमा पनि कोरोना फैलने सम्भावना बढेको  छ। मुम्बईमा १७ मार्चबाट आंशिक लकडाउन गरिएको थियो भने पूर्णरुपमा २३ मार्चदेखि गरिएको थियो।

जब सरकारले स्किनिङ बढायो त्यसबेला उक्त क्षेत्रमा कोरोना भाइरस फैलिसकेको थियो। राज्य सरकार र बिएमसीका लागि मुख्य चिन्ता झुपडी बस्तीमा कोरोना फैलनेप्रति रहेको छ।

 

घना बस्ती रहेको उक्त क्षेत्रमा कोरोना फैलिएमा नियन्त्रण गर्न कठिन हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्। राज्य सरकारले यही कुराको ख्याल गर्दै केही क्षेत्रमा नियन्त्रण जोन बनाउने घोषणा गरेको छ। 

भारतमा गलत जानकारीका कारण पनि गरीबहरुको बस्तीमा कोरोना भाइरस फैलिएको पाइएको छ। बिएमसीका सहायक कमिश्नरले यहाँका मानिसले सामाजिक दूरी कायम नर्गने र सेल्फ आइसोलेनमा नबस्ने कारण समस्या भएको बताउनु भयो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.