logo

कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राख्न डब्लुएचओ प्रमुखको आग्रह

एजेन्सी

      4/8/2020 गते 00 00 मा प्रकाशित     1265   पटक पढिएको

काठमाण्डौ २७ चैत । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोरोना भाइरसका विषयमा राजनीति नर्गन आग्रह गर्नु भएको छ ।

 

उहाँले कोरोना भाइरसको संक्रमणको बिषयमा भइरहेको राजनीतिकरण अन्त्य गरी एकताबद्ध हुन उहाँले आव्हान गर्नु भएको छ ।


 अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले डब्लुएचओको भूमिका प्रति असन्तोष जनाउदै अनुदान रोक्ने घोषणा गर्नु भएको केही घण्टापछि डब्लुएचओ प्रमुखको यस्तो अभिब्यक्ति आएको हो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ चीनकेन्द्रित भएको आरोप लगाउँदै राष्ट्रसंघलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएपछि डब्लुएचओ प्रमुखले राजनीतिकरण नगर्न आग्रह गर्नु भएको हो । 


महानिर्देशक टेड्रोसले ट्रम्पको आरोपको खण्डन गर्दै आफूहरुले सबै मुलुकलाई निकट रुपमा हेरिरहेको बताउनु भयो। उनले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राख्न पनि आग्रह गर्नु भयो। 

ट्रम्पले बुधबार आफ्ना भनाइ सच्याउँदै डब्लुएचओले सही तरिकाले आफ्ना प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनु भएको थियो ।

 

उहाँले राष्ट्रसंघलाई दिने रकमका विषयमा अध्ययन गरेर निर्णय लिन सक्ने उल्लेख गनुृ भएको थियो ।  डब्लुएचओको कूल बजेटको १५ प्रतिशत अमेरिकाले योगदान गर्छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.