logo

भारतीय नागरिकको जीन्दगीको अगाडि अर्थिक क्षतीको कुनै तुलना हुदैनः प्रम मोदी

      4/14/2020 गते 00 00 मा प्रकाशित     1091   पटक पढिएको

नयाँ दिल्ली २ बैशाख । 
भारत सरकारले लकडाउनको अवधी बढाएको छ ।  मे महिनाको ३ तारिख अर्थात बैशाख २१ गते सम्मकालागि लकडाउनको अवधी बढाएको हो ।

 

भारतमा १० हजार ५ सय ४१ जना कोरोना भाइरसका संक्रमीत फेला परेको छ । संक्रमीतहरु फेला पर्ने क्रम दिन प्रतिदिन बढदो क्रममा छ । भारतमा अहिले सम्म ज्यान जानेको संख्य ३ सय  ५८ पुगेको छ । अहिले सम्म भारतमा १ हजार २ सय ५ जना उपचार पछि घर फकिएका छन ।


महाराष्ट्र कोरोना भाइरसको इपिसेन्टर बनेको छ त्याहा २ हजार ३ सय भन्दा बढी संक्रमीत फेला परेका छन । तेश्रो स्थानमा रहेको दिल्ली अव संक्रमीतहरु धेरै फेला परेको दोश्रो शहर बनेको छ ।

 

दिल्लीमा  १ हजार ५ सय १० जना संक्रमीत फेला परेका छन । तामिल नाडुमा १ हजार १ सय भन्दा बढी फेला परेका छन भने राजस्थानमा ९ सय जना संक्रमीत फेला परेका छन ।

 

नेपालको सीमा जोडिएको बिहारमा ६६ पश्चिम बंगालमा १ सय ९० उत्तरप्रदेशमा ५ सय ५८ र उत्तराखण्डमा ३५ जना संक्रमीतहरु फेला परेका छन ।

संक्रमण बढदै गएपछि त्यसको जोखिमलाई मध्यनजर गर्दै आगामी मे महिनाको ३ तारिख सम्म वैशाख २१ गते सम्मका लागि लकडाउन बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताउनु भयो  ।

सबै राज्य सरकार र जनताको सुझावअनुसार ३ मे सम्मका लागि लकडाउन बढाउने निर्णय गरिएको प्रधानमन्त्री मोदीले बताउनु भयो ।

‘लकडाउनबाट देशलाई धेरै फाइदा मिलेको छ । मात्र आर्थिक कोषबाट हेर्दा यो धेरै महङ्गो बनेको छ,’ मोदीले भन्नु भयो , ‘भारतबासीको जिन्दगीको अगाडि यसको कुनै तुलना हुन सक्दैन ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.