logo

मुसलमान बिरुद्ध फैलाइएको अफवाहका कारण कुनै घटना हुन नदिन अहमदावाद प्रहरीको सर्कुलर

      4/18/2020 गते 00 00 मा प्रकाशित     1197   पटक पढिएको

बीरगंज ६ बैशाख।

गुजरातको अहमदाबाद सिटी पुलिसले हालै आफना मातहतलाई एउटा सर्कुलर पठाएको छ । त्यसमा आफनो क्षेत्रमा फैलीरहेको अफवाहका कारण सर्तक हुनु  ताकी कुनै अप्रिय घटनाहरु नओउन । उसले यस्तो सर्कुलर आफना मातहतमा रहेका सबै थानमा पठाएको छ । 
 
प्रहरी बिभागले हालै मुस्लिम समुदायका बिरुद्ध घृणा उत्पन्न गर्ने खालका सन्देशहरुलाई बढावा दिइरहेको पाइएको निष्कर्ष निकालेकोे बिबिसीले जनाएको छ । 

 


दिल्लीको  निज़ामुद्दीन इलाकामा लकडाउन भन्दा पहिला भएको तबलीगी जमातको एउटा कार्यक्रममा संयौ ब्यक्तिहरु जुटेका थिए । जस मध्य  केही मान्छेमा कोरोना भाइरसको संक्रमण  फेला परेको थियो । त्यती बेला देखी ने सामाजिक संजालमा अनेक प्कार भ्रम र भडकाउ सन्देश शेयर भइरहेको छ ।

 

 तब्लीगी जमातसंग जोडिएर कोरोना भाइरसको संक्रमणका मामला सार्वजनीक भएपछि नै प्रशासनले यस्तो हुन सक्ने आशंका जनाएको थियो ।

 

 निजामुद्धिन इलाकामा भएको तब्लीगी जमातमा सहभागि भएर फर्किएका मान्छेहरुका कारण  कोरोना अन्य राज्यमा फैलन सक्ने कुराको पूर्व अनुमान प्रशानसले गरेकै थियो । त्यसैले अहिले पनि कन्टयाक्ट ट्रेसिङका माध्यमले उनीहरुको पहिचान आद्धपी भइरहेको छ जसबाट कोरोना भाइरसको संक्रमणको खतरा छ । 

अहमदावाद प्रहरीको स्पेहल ब्रांका ज्वाइन्ट कमिशनर   परमवीर सिंहले देश यसै पनि मुस्किल अवस्थामा  छ  यस्तो अवस्थामा तनाव बढने कुनै घटना हामीलाई चाहिएको छैन त्यसै कारण प्रहरीलाई हाई अर्लट गरिएको बताउनु भयो ।

 

धर्मको आधारमा कसैलाई दुःख दिएको घटना  सार्वजनीक नभएपनि मुस्लिम बिरुद्ध प्रसार भएको सन्देशका कारण दुई समुदायकावीचमा दीर्घकालीन असर देखिने मुस्लिम समुदायका अगुवा मान्दछन।  

दिल्लीको निजामुद्धिन मकरजबाट १५ मार्चमा धेरै मान्छे फर्किसकेका थिए । केही मान्छे २२ मार्च सम्म रहे जो पछि लकडाउनका कारण उनीहरु त्यही रोकिए ।

 

वडोदराको एमएस यूनिवर्सिटीका प्रोफ़ेसर जेएस बंदूकवालाका अनुसार प्रहरीले आफनो काम गर्दै थियो तर मिडियाले स्थितिलाई तनावपूर्ण बनाइदियो । त्यो घटना पछि कोरोना भाइरस संक्रमणको पूर्ण फोकस मुस्लिम समुदायमा सिफ्ट  भयो ।

मरकजमा कोही थियो भने उसले आफनो बाध्यता बताइरहेको थियो ठिक छ उनीहरुले गल्ती नै गरे त्यसको सजाय पुरै समुदायलाई दिनु ठिक हो र ?

 

दिल्ली की सामाजिक कार्यकर्ता शबनम हाशमी तब्लीग़ी जमातको बिचारधारा नै बेठीक ठान्नुहुन्छ । त्यसका बिरुद्ध बोल्ने र प्रर्दशन समेत गरिसक्नु भएको छ । यो घटना पछि कोरोना भाइरसंको संक्रमण फैलाउने आरोप सिगो समुदायलाई लगाउने कुरालाई उहाँले ज्यादती ठान्नु भएको छ । उहाँका अनुसार यस्तो ब्यवहारले मेहनतकश मुस्लिम युवाहरुकालागि रोजगारको अभाव हुन्छ र उनीहरु दूर्भावनाका शिकार हुने अवस्था आउछ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.